Saturday, August 6, 2016

ज्योतीले देखाए भित्री बस्त्र : तीज गीतमा चरम विकृती

काठमाडौँ / अब लोकगीत हाम्रा रहेनन् । केही गायक-गायिका अझै पनि लोकगीतमा नेपाली माटो, सुगन्ध, भाका खोजीरहेका छन् । तर, एउटा आलु कुहिँदा बोराका सबै आलु नै कुहिन्छन् भने जस्तै हुन थालेको छ, लोकगीत ।



विशेषगरि, युटुबमा दर्शक बढाउने नाममा गायक-गायिकाहरुले आफ्नो संकृतीलाई विर्सन मात्र होइन, सोझै मार्न थालेका छन् । तीजका होस् या दशैका, वा सामान्य लोकगीत मात्र किन नहुन् । गायक-गायिकाले शब्दको प्रयोगमा छाडापन भित्राइरहेका छन् । अझ, भिडियोको त कुरा नै नगरौ ।

विदेशमा कार्यक्रम गर्न जाने लोभमा होस् या ‘बदनाम होस् गुमनाम नहोस्’ भनेर नै किन नहोस्, मोडलहरु लोकगीतका भिडियोमा उच्छृङ्खलता भित्राइरहेका छन् । सायद, यसैले पनि होला अहिले म्यूजिक भिडियोमा मोडलिङ गर्नेहरुलाई दर्शकले पत्याउन छाडेका छन् । केही गायक-गायिकालाई छाड्ने हो भने, लोकगीत गाउनेहरुलाई दर्शकले चिन्न छाडेका छन् ।


केही दिन अगाडि मात्र गायिका ज्योती मगरको तीज गीत रिलिज भयो । गीतले दरमा फलफूल होइन बियर र वाइन खाने कुरा गरेको छ । ज्योतीको पहिरनको त कुरा नै नगरौ ।

बारम्बार यस्तै खालका गीत सार्वजनिक गरेर आलोचना हुँदा पनि ज्योतीले चेतेकी छैनन् । उनकै आवाज र मोडलिङमा एक गीत बजारमा आएको छ । ‘केरा काटेर’ बोलको गीतको भिडियोमा ज्योतीले मोडलिङ गरेकी छिन् । तर, भिडियो हेर्दा यसलाई लोकगीत भन्न नै लाज लाग्छ ।

चर्को विरोधपछि यो गीतलाई म्यूजिक नेपालले आफ्नो च्यानलबाट हटाएको छ । तर, अर्को एक च्यानलमा यो गीत अपलोड गरिएको छ । अहिले नेपाली चलचित्रमा बरु यस्ता खालका उच्छृङ्खलता कम हुन थालेका छन् । अहिले, चलचित्र निर्माण गर्नेहरु कथा, बिषय, प्रस्तुतीमा ध्यान दिन थालेका छन् । तर, यस्तो रोग केही लोकगीतका मोडल र गायक-गायिकाहरुलाई सरेको छ ।

‘केरा काटेर’ बोलको गीतको भिडियोमा गायिका ज्योती मगरले आफ्नो लामो पहिरन जानी-जानी माथि सारेकी छिन् । ज्योतीले आफ्नो भित्री बस्त्र स्पष्ट देखिनेगरि पहिरन माथि सारेर ‘जामा छोटो भयो’ भन्दै गीत गाएकी छिन् ।


Watch Video>>>

0 comments:

Post a Comment