Thursday, August 4, 2016

प्रचण्डले प्रधानमन्त्रीको सपथ लिने बितिकै अमेरिकाले निकाल्यो यस्तो बिज्ञपति !

काठमाडौँ, २० साउन : संयुक्त राज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएको छ ।


काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको जनाएको छ ।


दूतावासको विज्ञप्तिमा भनिएको छ, “संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक विकासका महत्वपूर्ण कार्य सम्पन्न गर्नका लागि अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न चाहन्छ ।

0 comments:

Post a Comment