Tuesday, August 16, 2016

रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख संकलन: रामचन्द्रले कानून तोडेको ठहर संकलन चन्दा नदिने

श्रावण ३२, २०७३- गैरआवासीय नेपाली संघ साउदी अरबको सक्रियतामा सुरु भएको रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।



साउदी अरबको हायल जेलमा कानूनी सजाय भोगिरहेका कुशादेबी—काभ्रेका रामचन्द्र तिमिल्सिनालाई स्वदेश फिर्ता गर्न एनआरएनले यो अभियान सुरु गरेको  थियो । आवश्यक भन्दा बढी रकम संकलन भएपछि आइतबारबाटै अभियान बन्द गरिएको छ ।

एनआरएन साउदीका अनुसार नेपालमा रामचन्द्रको लागि खोलिएको खातामा एक करोड र एनआरएनले साउदीमै ६७ हजार रियाल (१९ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।

तिमिल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिक तनबिर अहमद आबसको मुत्यु भएको थियो । अदालतले मदिरा सेवन गरी गाडी चलाएको भन्दै पीडितका परिवारलाई तीन लाख साउदी रियाल (करिब ८७ लाख रुपैयाँ) दिनुपर्ने फैसला सुनाएको थियो ।

दुताबासका प्रतिनिधि र पीडित पक्षका वकिलबीच एकलाख २० हजार रियाल (करिब ३३ लाख ८७ हजार रुपैयाँ) दिने  सहमति भएको साउदीका लागि कार्यवाहक राजदुत आदन्दप्रशाद शर्माले कान्तिपुरलाई बताए । ‘पीडित पक्षलाई ४५ दिनभित्र एकलाख २० हजार रियाल दिनुपर्ने सहमति भएको छ’, उनले भने,‘यो ब्लडमनि दिएपछि तिमिल्सिना साउदीको जेलबाट छुटकारा पाउनेछन्।

एनआरएनले यो  अभियानमा उठेको रकम जम्मा गर्न नेपालका तीन वटा बैंकमा खाता खोलिएको छ । उसले पीडित पक्षलाई रकम दिनको लागि रियादस्थित नेपाली दुताबासलाई हस्तान्तरण गर्ने तयारी भएको  गैरआबासीय नेपाली संघको बैदेशिक रोजगार तथा आप्रबासी कल्याण समितिका संयोजक धरम केशीले बताए ।

तिमिल्सिनाको अप्रिल २०१५ देखि जेलमा छन् । दुताबासले जुलाई २०१५बाट यो मुद्दालाई अनुगमन गर्न थालेको थियो ।

उनले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् । साउदीमा मदिरा सेवन गरी सवारी साधान चलाउनुलाई जघन्य अपराधको रुपमा लिइने गरेको छ ।

एनआरएनए साउदीले ‘रामचन्द्रले कानून तोडेको ठहर गरी कानूनको पालनामा जोड दिदै यस केशलाई अपवादका रूपमा सहयोग गर्ने’ निर्णय गरेको हो । उसले कानून तोड्नेलाई फेरी चन्दा नदिने बताएको छ ।

0 comments:

Post a Comment