Wednesday, December 10, 2014

एक युवती आफ्नै दुध बेचेर क्रिसमसको खर्च जुटाउँदै (भिडियो सहित् )

आउँदै गरेको क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिरहेकी छिन् । बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर बिक्रि गरिरहेकी हुन् ।


आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले बताएकी छिन् । चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली एक वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।

उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको छ । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकी छिन् । आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् । उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले सुनाइन् ।



आफुले आफ्नो दुध किन्न चाहने जो कोहीलाई पनि दुध बेच्ने भन्दै उनले बडी विल्डर देखि लिएर सेक्स क्षमता बढाउन चाहने सबैलाई आफुले दुध बेच्ने बताएकी छिन् । मान्छेको दुध पिउनु प्राकृतिक र सामान्य कुरा भएको भन्दै उनले आफ्नो दुधमा प्रसस्त भिटामिन रहेको एक टेलिभिजन कार्यक्रममा दाबी गरिन् ।

स्मरण रहोस् बेलायतमा पैसा कमाउनका लागि आफ्नै दुध बेच्ने हड्सन पहिलो महिला होइनन् । यसअघि एलिसिया मोगाभेरो नामकी महिलाले पनि गहना बनाउने पैसा जुटाउने भन्दै आफ्नो दुध बेचेकी थिइन् ।

0 comments:

Post a Comment