Sunday, December 7, 2014

आफ्नो तौल र पेटको बोसो हटाउन चाहनुहुन्छ भने अपनाउनुस् यो सरल घरेलु तरिकाः

शरिरको तौल यदि सहि छ भने कुनै पनि प्रकारको रोगको खतरा कम गर्न सकिन्छ । मानिसहरु धेरैजसो आफ्नो तौल कम गर्न लागिपरेका हुन्छन् । तर के तपाईंलाई थाहा छ, तौल घटाउनुभन्दा पनि बढि आवश्यक भनेको तपाईं स्वस्थ हुनु नै हो ।


मोटोपना राम्रो नहुने हामी सबैलाई थाहा छ तर केहि पनि नखाई तौल घटाउन लागिपर्दा तपाईं बारम्बार अस्पताल पनि जानुपर्ने हुनसक्छ । त्यसकारण सहि तरिकामा गरिएको खानपानले नै तपाईं स्वस्थ र राम्रो हुन सफल हुनुहुनेछ, डाइटिङले होइन ।  तर सबैभन्दा ठूलो समस्या पेट वरिपरिको बोसो हटाउनु नै हो । कोही मानिसहरु मोटो नभएता पनि उनीहरुको पेटको वरिपरि निकै बोसो जमेको हुन्छ जसबाट उक्त व्यक्तिलाई निकै समस्यामा पारेको हुन्छ । यदि तपाईं आफ्नो तौल र पेट वरिपरिको बोसो हटाउन चाहनुहुन्छ भने अपनाउनुस् यो तरिकाः  

१. व्यायामः 

खानामा हामी जतिसुकै कटौती गरेपनि बिना व्यायाम हामी आफ्नो तौल कम गर्न असमर्थ हुन्छौँ । व्यायामले शारिरको शक्ति बढाउँदछ र रक्त संचार पनि राम्रो बनाउने गर्दछ । दैनिक कम्तीमा आधा घण्टा तपाईंले व्यायाम गर्नुपर्ने हुन्छ । यसले तपाईं सजिलैसँग तौल घटाउन सक्नुहुन्छ भने तपाईं दिनभरी चुस्त–दुरुस्त रहन मद्दत गर्दछ । बिहान अथवा बेलुकीको खाना खाइसकेपछि अवश्य पनि टहल्नुहोस् । यसले तपाईंको खाना चाँडै नै पच्ने गर्दछ र एक्स्ट्रा क्यालोरी पनि बर्न गर्न मद्दत गर्दछ ।  

२. आफ्नो खानपीनको हिसाब राख्नुहोस्ः 

आफ्नो खानपीनको हिसाब जरुर राख्नुहोस् । एउटा डायरी बनाउनुहोस् र त्यसमा आफूले दिनभरी खाएको खानेकुराको लिष्ट बनाउनुहोस् ।  

३. बिहानको नाश्ता जरुर खानुहोस्ः 

यदि तपाईं मोटाउन चाहनुहुन्न भने बिहानको नाश्ता पक्कै खानुहोस् । नाश्तामा प्रोटिनयुक्त खाद्य पदार्थ खानुहोस्, यसले तपाईंको शरिरलाई ताकत मिल्नुका साथै तौल पनि घट्दछ ।

४. बेलुकीको खाना चाँडै खानुहोस्ः 

बेलुकीको खाना सकेसम्म चाँडै नै खानुहोस् । यसो गर्नाले यसलाई पच्नको लागि समय मिल्ने गर्दछ । सुत्नुभन्दा दुई घण्टा अघि रातीको खाना खानुहोस् ।  

५. भोको पेट घरबाट ननिस्कनुहोस्ः 

दिनमा हाम्रो शरिर उर्जाले भरिएको हुन्छ त्यसकारण त्यो उर्जालाई कायम राख्नका लागि घरबाट खाना खाएर नै निस्कनुहोस् ।  

६. निकै पानी पिउनुहोस्ः 

पानी एउटा यस्तो तत्व हो जुन तौल घटाउनमा निकै लाभदायक साबित हुने गर्दछ । यसले शरिरमा ग्लुकोजको मात्रालाई नियन्त्रण राख्न मद्दत गर्दछ ।  

७. फलफूल खानुहोस्ः 

जुस पिउनुको सट्टा फलफूल नै खानुहोस् । फलफूलले तपाईंको भोक पनि कम गर्दछ ।

0 comments:

Post a Comment