Tuesday, December 30, 2014

एक हप्ता अघि मात्र छोरा गुमाएका एयर एसियाका पाइलटका बुवा दोहोरो शोकमा

काठमाडौं, पुस १५ – एयर एसियाका क्याप्टेनका बुवाले आफ्नो छोरा अझै पनि जिउँदै फर्केर आउने आशा व्यक्त गरेका छन् ।  


तीनदिनदेखि हराइरहेको एयर एसियाको फ्लाइटका क्याप्टेन इरियान्टो १६२ यात्रुसँगै बेपत्ता भएका छन् । क्याप्टेन इरियान्टोका बुवा सुवार्टोले आफ्ना क्याप्टेन छोरालाई आफ्ना अर्का छोराको अन्त्येष्टिमा भेटेको बताए । उनका अर्का छोराको एक हप्ता पहिले मधुमेहको कारण मृत्यु भएको उनले बताए ।  

सुवार्टोले आफ्नो क्याप्टेन छोरा जिउँदै फर्केर आउने आशा अझै पनि जिवित भएको बिबिसीलाई बताए ।   यस्तै गरि, क्यापेटनकी छोरी सोमबार बिहान आफ्नो हराइरहेको बुवाको निमित्त निकै भावुक सन्देश पठाएकी छिन् । उनकी २२ वर्षीय छोरी एन्जेला रनस्टियानिसले सामाजिक संजालमा आफ्नो बुवालाई घर फर्कन आग्रह गरेकी छिन् । उनी भन्छिन्, ‘पापा, प्लिज घर फर्कनुहोस्, मलाई तपाईंको अझै खाँचो छ । मेरो पापालाई घर फर्काइदेउ ।

0 comments:

Post a Comment