Thursday, July 30, 2015

बाढीपहिरोमा परि कास्कीमा २३ र म्याग्दीमा ६ जनाको मृत्यु

पोखरा, श्रावण १४ अपडेट :: कास्कीमा बाढीपहिरोमा २३ को मृत्यु
म्याग्दीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु


अविरल वर्षासँगै खसेको पहिरोमा परी कास्कीमा मृत्यु हुनेको
संख्या २३ पुगेको छ । लुम्ले-६ माझघरमा १६ र फेवातालबाट
पश्चिम पर्ने भदौरे तामागी ५ डुडाफाँटमा ५ जनाको र
ढिकरपोखरीमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा १८ जना घाइते छन् भने ६ जना वेपत्ता छन् । पश्चिम
क्षेत्रीय अस्पतालसँगै पोखराका बिभिन्न अस्पतालमा
उपचारार्थ भर्ना गरिएमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
फेवातालको मुल स्रोत हर्पन खोलामा आएको बाढीले पामे र
भदौरे-तामागी जोड्ने पुल बगाएको छ भने बिभिन्न स्थानमा
पहिरोले बाटो र बस्ती बिगारेको छ । जिल्ला प्रहरी
कार्यालय कास्कीका अनुसार भदौरे तामागीमा मृत्यु हुनेमा
टीकाराम बिक (६५ वर्ष), रामकुमारी बिक (५५), गौरी
पराजुली(३१), करण पराजुली (७), नन्दकला पराजुली (६५) छन् ।
यसैगरी लुम्ले ६ मा मृत्यु हुनेमा अर्जुन गुरुङ(१०), रत्ना पौडेल (७०),
बसन्त बिक (८४), चिजा बिक (३२), संझना बिक(१४), सलिना बिक(१०), सुनिल बिक (९), मंजु सुनार(२६), उनको ३
महिनाकी छोरी, सुनकुमारी जिसी (३२), सुगम जिसी (१०) संगम जिसी(५), छिरिङ राई(५६) र सोही ठाउँका
छिरिङ राईकी श्रीमती छन् ।
दुवैतर्फका घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरी उद्धारमा खटिएको छ ।

म्याग्दीमा पहिरोमा पुरिएर ६
जनाको मृत्यु
म्याग्दी-बुधवार राती परेको भीषण बर्षापछि आएको पहिरोमा पुरिएर मुदी गाविस–८ टुटुङ्गमा पाँच जना र मुना
गाविस ४ मा एक जनाको मृत्यु भएको छ । मुना गाविस–४ मा ९ वर्षीया एलिना पहरे पुनको मृत्यु भएको हो ।

पुरिएरका पाँच जनाको शव फेला परेपनि नाम खुलेको छैन । बर्षापछि म्याग्दी खोलामा आएको बाढीले मुदी
गाविसको मुदी र नरवाङ्ग जोड्ने झोलुङ्गे पुल बगाएको छ ।
स्थानीय बुद्धिविकास माध्यामिक विद्यालय मुदीका प्रध्यानअध्यापक जगबहादुर किसानले टेलिफोनमा दिएको
जानकारीअनुसार पहिरोमा पुरिएर कम्तीमा एक सय बाख्रा र ५० बढी भैसी र गाई पनि मरेका छन ।
नजिकको प्रहरी कार्यालयबाट घट्नास्थल पुग्न कम्तीमा ६ घन्टा लाग्ने र क्षतिको पूर्ण विवरण नआएको प्रहरीले
जनाएको छ । त्यसैगरी बर्षापछि ओखरबोट गाविस–१ फुलबारीमा आएको बाढीले फुलवारी र रुम जोड्ने झोलुङ्गे
बगाएको छ ।

‘पहिरोबाट पश्चिम म्याग्दीको उपल्लो भेगका बस्तीमा पहिरोले मानवीय क्षति पुर्याएको स्थानीयले खवर
गरेका छन । दुर्गम र टाढा भएकोले प्रहरी घटनास्थल पुग्दै छन’, प्रहरी नायव उपरीक्षक हिरा गिरीले बताए ।
...........................
...........................

पहिरोमा पुरिएर वृद्ध बेपत्ता
बागलुङ– बुधवार रातभर परेको वर्षाले खसेको पहिरोमा परेर यहाँका एक वृद्ध वेपत्ता भएका छन् ।
रायडाँडा ९ मा खसेको पहिरोले ९० वर्षका कलाधर थापाको घर पुरेको हो । घरमा सुतेका थापा बेपत्ता छन् ।
राती घरमा वृद्ध एक्लै थिए ।
स्थानीयले खोजी गरिरहेपनि अहिले सम्म भेट्न नसकेको बताए । राती २ बजे पहिरो खसेको र स्थानीयले जानकारी
दिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षक ज्ञान बहादुर तामाङको नेतृत्वमा २० जना प्रहरी
घटनास्थलमा पठाएको प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतले बताए । घटनास्थल सदरमुकाम देखि ५ घण्टा टाढा
पैदल दुरीमा पर्छ । राती ठूलो पानी परेकोले अन्य स्थानमा पनि बाढी पहिरोको खतरा भएका स्थानमा उच्च
सर्तकता अपनाइएको बस्नेतले बताए ।
...........................

...........................

राजमार्गका दर्जन बढी ठाउँमा पहिरो
पोखरा–बाग्लुङ राजमार्ग अवरुद्ध
अगन्धर तिवारी
पर्वत-बुधबार रातिको भीषण वर्षासँगै ठाउँठाउँमा पहिरो जाँदा बिहीबार बिहानैदेखि पोखरा–बाग्लुङ
राजमार्ग अवरुद्ध भएको छ । सडकका दर्जन बढी ठाउँमा पहिरो गएपछि पर्वत, वाग्लुङ, म्याग्दी र मुस्ताङका सबै
सवारी रोकिएका छन् ।
बुधबार साँझदेखि यातायात अवरुद्ध हुँदा सयौं यात्रीहरु बाटैमा अलपत्र परेका छन् । पहिरोले पर्वतको डिमुवा देखि
कास्कीको नयाँपुल खण्डमा सबैभन्दा बढी क्षति पुर्याएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने मौरीभीर, बेतेनी र
आधेरीखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यता सहस्रधारा, अर्मादी र तिलाहारको भ्याप्लेखोलामा समेत पहिरोले सडक पुरेको पर्वतका प्रहरी प्रमुख
डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । मौरीभीरको पहिरोले २० मिटर पक्की सडक भत्किएको उनले बताए । उता
मालढुङगा–बेनी सडक खण्डअन्तर्गत पर्ने पाङको पहिरोले मालढुङगा–बेनी सडक पुरेको छ ।
जलविद्युत उत्पादन बन्द
वर्षासंगैको बाढीका कारण पर्वतको पातिचौरमा रहेको १४ मेघावाट क्षमताको मोदीखोला जलविद्युत केन्द्रको
विद्युत उत्पादन बन्द भएको छ । बाढी पसेर आयोजनाको टर्वाइन सञ्चालन हुन नसकेपछि मोदीखोला जलविद्युत
केन्द्रले विद्युत उत्पादन गर्न नसकेको केन्द्रका कर्मचारी जीवन्धर शर्माले जानकारी दिए ।
गएराती देखी विद्युत उत्पादन बन्द भएको शर्माले जनाएका छन् । विद्युत उत्पादन बन्द भएसँगै बिहीबार बिहानैदेखि
पर्वतलगायत धौलागिरिका जिल्लाहरुमा विद्युत अवरुद्ध भएको छ ।

0 comments:

Post a Comment