Thursday, July 9, 2015

नुवाकोटमा गुड्दै गरेको बस पहिरोमा पुरियो

नुवाकोट, आषाढ २४ । नुवाकोटबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस ककनीमा पहिरोमा पुरिएको छ ।
त्रिशुलीबाट काठमाडौंतर्फ गइरहेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस विहीबार दिउँसो ककनी गाउँ विकास समिति वडा नम्बर–१, सिस्नेरीमा माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो ।


बसमा ८ जना यात्रु रहेको अनुमान गरिएको छ । बसमा पुरिएकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार बसको झ्यालबाट मानिसहरु चिच्याइरहेको आवाज सुनिएको छ । बसलाई ठूलो ढुंगासहितको पहिरोले पुरेकाले उक्त ढुंगा नपन्छाइ यात्रुलाई बाहिर निकाल्न नसकिने निरीक्षक वन्तले बताए । ढुंगा पन्छाउन नसकिए बस नै काट्नुपर्ने भन्दै उनले मसिनसहितको टोली काठमाडौंबाट घटनास्थलतर्फ गइरहेको जानकारी दिए ।

0 comments:

Post a Comment