Wednesday, July 29, 2015

कागतीका बहुआयामिक ५ फाइदाहरु जानी राखौँ !!

कागती भिटामिन सी को खानी नै हो भन्दा फरक नपर्ला । कागतीमा औषधीय गुण पाइन्छ र यसको नियमित सेवन मानव स्वास्थ्यका लागि निकै हितकर हुन्छ । कागतीको सेवन हामीले गरेकै हुन्छौँ, तर यसका अन्य फाइदाका बारेमा हामीलाई उतिसारो थाहा नहुन सक्छ । अझ बढि बहुआयामिक फाइदा पूराउने तरिकारले कसरी कागतीलाई सेवन गर्ने भन्ने पनि जानकारी नहुन सक्छ । कागतीको बहुआयामिक ५ फाइदा यस्ता छन्


सरीर सफाइ गर्छ र रोग प्रतिरोधी क्षमता बढाउन- 
हरेक बिहान मनतातो पानीमा कागतीको रस मिलाएर खानुस् । कागती पानीको यस्तो सेवन सरीर सफाइ गर्ने सबैभन्दा उत्तम विधि हो । यसले मुत्रप्रणालीलाई सन्तुलित गर्ने र सरीरमा रहेका विषाक्त पदार्थलाई पिसाबमार्फत बाहिर फ्याँक्न सहयोग पूराउँछ । कागतीले सरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

पाचन प्रक्रियामा सुधार-
कागती पानीको सेवन गर्नु पाचन क्रियालाई सन्तुलित पार्नमा सहयोगी हुन्छ । कागतीपानीको सेवनले कलेजोलाई पित्तअम्ल उत्पादन गर्न लगाउँछ, जुन पाचनका लागि आवश्यक हुन्छ । साथै यसले पाचन प्रणालीमार्फत विषाक्त पदार्थको उत्सर्जनमा पनि सहयोग गर्छ ।

लामखुट्टे भगाउने- 
कागतीलाई लामखुट्टे प्रतिरोधी चिजको रुपमा पनि प्रयोग गर्न सकिन्छ । तपाइँलाई थाहा छ ? यो निकै सजिलो छ । आधा काटेको कागती यसका लागि पर्याप्त छ । आधा काटेको कागतीमा केही ल्वाङ हालेर त्यसलाई कोठामा राख्नुहोस् । त्यसपछि तपाइँलाई दिक्क पार्ने लामखुट्टे त्यो पासोमा पर्नेछ ।

स्याउलाई फ्रेस राख्न-
स्याउ काट्दा बित्तिकै काटेको ठाउँ खैरो बन्दछ । यसो हुँदा अलिक नराम्रो देखिन्छ । त्यसैले स्याउ काट्दा चक्कुमा कागतीको रस दल्नुहोस् वा स्याउलाई नै कागतीको रसमा चोप्नुहोस् । यसो गर्दा स्याउ काटिसकेपछि पनि फ्रेस बन्दछ ।

भाँडाकुँडा सफा गर्न-
वैज्ञानिकहरुका अनुसार तरकारी तथा सलाद काट्ने चपिङ बोर्डमा ट्वाइलेटमा भन्दा पनि बढि तथा हानिकारक किटाणु हुन्छन् । त्यसैले यसलाई राम्रोसँग सफा गर्नुपर्छ । चपिङ बोर्ड मात्र होइन, चक्कु वा अन्य किचेनका भाँडाकुँडा सफाइ गर्दा कागतीको प्रयोग गर्नु लाभदायी हुन्छ र यसले हानिकारक किटाणुलाई नष्ट गर्छ ।

0 comments:

Post a Comment