Monday, July 6, 2015

बुवाको बर्खान्तमा लागेको ऋण भुक्तान गर्न नसकेर गोठालो बसेको १० वर्षे दोर्ची शेर्पाको कहानी यस्तो छ ।

काठमाडौं : बुवाको बर्खान्तमा लागेको ऋण भुक्तान गर्न नसकेर गोठालो बस्न बाध्य ताप्लेजुङ लेलेप–३ टाँसीगाउँका दोर्ची शेर्पा ऋणबाट मुक्त भएर पढ्न पाउने भएका छन् । ६ महिनादेखी  ‘साहु’को घरमा गोठालो बसीरहेका १० वर्षे दोर्ची अब साहुको घर छोडेर शहरको सुबिधासम्पन्न स्कुलको ‘होलटाइमर’ विद्यार्थी बन्नेछन् ।


अब उनले ऋण चुत्ता गर्न दिनरात साहुलाई खुसी पार्ने काम गर्नुपर्ने छैन, आफ्नो सुन्दर भबिष्यका लागि चिन्ता गरे मात्रै पुग्नेछ ।


 जिल्ला प्रहरी कार्यालयलाई बालकलाई काठमाडौंसम्म पठाइदिन अनुरोध गरेको छु, उनी केही दिनपछि नै काठमाडौंमा आएर पढाई सुरु गर्नेछन् । आशा छ, उनले सुन्दर भबिष्य निर्माण गर्नेछन् -: योगेश भट्टराई
दोर्चीलाई एमालेका सचिव एंव प्रचार बिभाग प्रमुख योगेश भट्टराईले साहुको ऋणबाट मुक्त गराएर काठमाडौंको सुबिधासम्पन्न विद्यालयमा पढाउने व्यावस्था गरीदिएका हुन् । ताप्लेजुङ सचिव भट्टराईको गृह जिल्ला हो । सचिव भट्टराईको पहललाई साथ दिएका छन्, ‘माउन्ट ग्लोरी बोडिङ’ स्कुलका प्रिन्सीपल गोपाल अचार्य र अनेरास्वावियुकी सचिव राधिका खतिवडाले ।

दोर्चीलाई काठमाडौंको ताहाचल स्थित ‘माउन्ट ग्लोरी  बोर्डिङ स्कुल’ले कक्षा कक्षा १२ सम्म निशुल्क पढाई दिने  भएका छन् । ऋण तिरिदिनेछन्, ताप्लेजुङकै व्यावासायी  ईश्वरी पौडेल, रमेश बराल र बलबहादुर तामाङले । भट्टराईको पहलपछि साहुको घरमा तीनवटा माउ गाई र  तिनका बाच्छाबाच्छी स्याहार्ने जिम्मेवारी सम्मालीरहेका शेर्पाले अब आफ्नो सुन्दर भबिष्यको मोर्चा सम्हालेछन् ।

यसरी भयो पहल

दोर्चीको बारेमा सोमबार कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको थियो । ‘बर्खान्तको ऋण तिर्न गोठालो’ शिर्षकमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारले सचिव  भट्टराईको ध्यान तान्यो । र, उनले सुरु गरे साहुको ऋणबाट मुक्त गराएर पढाउनका लागि पहल । ‘बर्खान्तको ऋण तिर्न नसकेर गोठालो बसेका दोर्ची शेर्पाको समाचार पढेपछि दुःख लाग्यो’ सचिव भट्टराईले भने । यो समाचार सोमबार बिहानै सचिव भट्टराईलाई अखिलका सचिव खतिवडाले सुनाएकी रहेछिन् ।


समाचार पढेपछि भट्टराईले पहल सुरु गरे । उनले तत्काल ताप्जेजुङका प्रमुख जिल्ला अधिकारी डम्बर निरौला, प्रहरी नायव उपरिक्षक शान्ति कोइराला र समाचार लेख्ने पत्रकार आनन्द गौतमबाट दोर्चीको यर्थाथ बारेमा बुझे । दोर्ची ऋण तिर्न गोठालो बसेको पुष्टी भएपछि भट्टराईले ताप्लेजुङकै व्यावासायी ईश्वरी पौडेल, रमेश बराल र बलबहादुर तामाङलाई बालकको ऋण तीरिदिन आग्रह गरे ।

‘सकभर साहुलाई नै ऋणबाट मुक्त गरीदिन अनुरोध गर्नेछौं, यदि उहाँले नमानेर सबै ऋण ताप्लेजुङकै व्यावासायी ईश्वरी पौडेल, रमेश बराल र बलबहादुर तामाङले तिरीदिनु हुने भएको छ’ उनले भने । दोर्चीको परिवारले तिर्न साँवा रकम ५२ हजार र ब्याज पनि तिरीदिने छन् उनीहरुले ।

बालकलाई कक्षा १२सम्म पढाउने जिम्मा काठमाडौको ताहाचल स्थित ‘माउन्ट ग्लोरी बोर्डिङ स्कुल’ले लिएको छ । दोर्चीलाई कक्षा १२ सम्म पढाईदिने प्रिन्सीपल गोपाल अचार्यले बताए । ‘म घरकै छोरा जस्तो गरेर दोर्ची शेर्पालाई म पढाईदिन्छु’ आचार्यले भने । संकटमा परेका बालकलाई साथ दिन पाउदा खुसी लागेको उनको भनाई छ । 

भट्टराईले बालकलाई साहुको घरबाट निकालेर काठमाडौंसम्म ल्याउन पहल सोमबार नै पहल सुरु गरेका छन् । ‘जिल्ला प्रहरी कार्यालयलाई बालकलाई काठमाडौंसम्म पठाइदिन अनुरोध गरेको छु’ उनले भने, ‘उनी केही दिनपछि नै काठमाडौंमा आएर पढाई सुरु गर्नेछन् । आशा छ, उनले सुन्दर भबिष्य निर्माण गर्नेछन् ।’


संकटमा परेका बालकलाई सहयोग गर्न पाएकोमा खुसी लागेको सचिव खतिवडाले बताईन् । उनले भनिन्, ‘एउटा संकटमा परेका बालकलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ, पछिसम्म उनलाई म अभिभावकको रुपमा ‘गाइड’ गरीरहनेछु ।’

यस्तो छ, दोर्ची शेर्पाको कहानी

ताप्लेजुङ सदरमुकामबाट २ दिन पैदल लेलेप–३ टाँसीगाउँका दोर्चीका धनबहादुरको डेढ वर्षअघि मृत्यु भएको थियो । जन्डिसबाट ग्रसित उनको लेलेपको सरस्वती च्यारिवुक उच्च मावि छेउमा काम गर्दागर्दै प्राण गएको हो । त्यतिबेला उनी लावाजिन प्राविमा कक्षा १ मा पढ्थे। मृत्यु के हो भन्ने राम्रो नबुझेका उनी आमा रोएको देख्दा बेस्सरी रोएका थिए।  त्यसको ६ महिनापछि उनी आमाको पछिपछि लागेर ‘साहु’कोमा गोठालो बस्न पुगे।

दोर्चीकी जेठी भाउजू ललिताका अनुसार तीन सन्तानकी आमा (दोर्चीकी आमा) दावाफुटीले बर्खान्त गर्ने पैसा कतै पाउन सकिनन्। जमानी राखेर माइलो छोरो ग्यावुलाई गोठालो राख्ने सर्तमा ६० हजार रुपैयाँ ऋण काढिन्। बर्खान्तपछि ग्यावु साहुकोमा गए। उनीहरूलाई लुङथुङका प्रेम शेर्पाले ऋण दिएका हुन्।

तर एक महिनामै ग्यावु त्यहाँबाट भागे। ललिताका अनुसार साहुले पैसा बुझाउन दबाब दिएपछि दावाफुटीले कान्छो छोरालाई साहुकोमा गोठालो बस्न पुर्‍याइदिइन्। दोर्चीका जेठा दाजु पेम्वा शेर्पासँग विवाह गरेकी ललिताको परिवार छुट्टिएर आधा घण्टाको दूरीमा अर्काको जग्गा कमाएर बसेको छ। अहिलेसम्म २१ हजार रुपैयाँ तिरिएको र बाँकी पैसा बुझाएर निकाल्ने सल्लाह घरमा कहिलेकाहीं हुने गरेको ललिताले बताइन्।

दिवंगत पिताको बर्खान्त (तरनतारन) मा लागेको खर्च भुक्तान गर्न पढाइ छाडेर गोठालो  बस्न बाध्य लेलेप गाविस–३ टाँसीगाउँका दोर्ची शेर्पा बिहान–बेलुका घाँसदाउरा गर्छन् र  दिनभर गाई चराउँछन् । तीनवटा माउ गाई र तिनका बाच्छाबाच्छी स्याहार्ने जिम्मेवारी पाएका उनी तिनलाई घाँस–खोले गर्ने, खुवाउने, दूध दुहुने पनि गर्छन्। त्यति गरेबापत आमाले लिएको ऋणबाट वर्षमा   १० हजार रुपैयाँ चुक्ता हुन्छ ।

साहुको घर छोडेर बाटो लाग्यो दोर्ची
सोमबार बिहानैदेखी एमाले सचिव भट्टराईले स्थानीय प्रशासनसँग समन्वय गरेपछि सोमबार अबेर दोर्चीलाई साहुको घरबाट निकालेर सदरमुकाम तर्फ ल्याइएको छ । मंगलबार अबेरसम्म उनीलाई ताप्लेजुङ सदरमुकाम ल्याइनेछ । यसपछि सबै प्रक्रिया मिलाएर प्रशासनले काठमाडौं पठाउनेछ ।

0 comments:

Post a Comment