Wednesday, July 29, 2015

अमेरिकालाई उत्तर कोरियाको धम्की, अबको युद्धमा एक जना पनि अमेरिकान जीवित नरहने

काठमाडौ, १२ साउन(एजेन्सी) : उत्तर कोरियाली ठुला नेताहरूले अमेरिकालाई कोरियाली प्रायद्वीपमा अब कुनै कुनै युद्ध भएमा कुनै पनि अमेरिकी जिउँदो नरहने चेतावनी दिएका छन् । उत्तर कोरियाले आइतबार कोरियाली युद्ध समाप्त भएको ६२ औ वर्षगाँठ मनाएको थियो । यसै अवसरमा उत्तर कोरियाली नेताहरूले अमेरिकालाई उक्त धम्की दिएका हुन् ।


किम जोंग उन : अमेरिकाको लागी हामी खतरा
किन जोंग उनले देशको न्युक्लियर अर्थात् परमाणु शक्तिको बारे बोल्दै भने, ‘ती दिनहरू गए, जब हामीलाई परमाणु हतियारको धम्की दिएर अमेरिकाले हामीलाई तर्साउने गर्थ्यो । अब अमेरिकाको कुनै हैसियत छैन् । अब हामी उनीहरूका लागि खतरा बनिसकेका छौ ।’ कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उत्तर कोरियाका प्रमुख नेता किम जोंग उन आइतबार राती कुमसुसान दरबार पुगेका थिए, जहाँ उनले पिता किम जोंग इल र हजुरबुबा किम इल संगको पार्थीव शरिर राखिएको थियो ।

रक्षा मन्त्री पाक : अब युद्ध भयो भने एक पनि अमेरिकी बच्ने छैन्
कोरियन पीपुल्स आर्मीका प्रमुख तथा रक्षा मन्त्री जनरल पाक योंग-सिकले भने, ‘अमेरिका हाम्रो विरूद्व योजना बनाउन र हामीलाई उक्साउने कुनै मौका छोडिरहेको छैन् । हामी एक शक्तिशाली देश बनिसकेका छौ । अब युद्ध भयो भने कुनै आत्मसमर्पणको कागजातमा हस्ताक्षर गर्नका लागि कुनै पनि अमेरिकी बच्ने छैन् ।’ पाक योंग-सिकले भने, ‘हामी पछिल्लो ६० वर्षदेखी शान्त छौ, तर अमेरिका शान्ति चाहनँदैन । पछिल्लो कोरियाली युद्धमा अमेरिकाको पराजयको सुरूवात भएको थियो, तर, अर्को युद्ध भएमा पूरा अमेरिका ध्वस्त हुन्छ ।’
तीन वर्षसम्म युद्ध
तीन वर्षसम्म चलेको कोरियन युद्ध समाप्त गर्नका लागि २७ जुलाई १९५३ मा सम्झौता भएको थियो । यो दिन कुनै शान्ति सम्झौतामा हस्ताक्षर भएको थिएन, तर उत्तर कोरियालीहरू यसलाई ‘साम्राज्यवादी’ अमेरिकाविरूद्वको जीत ठान्छन् । अमेरिका यो युद्ध संयुक्त राष्ट्र संघको सहयोगी देशसँग मिलेर दक्षिण कोरियाको तर्फबाट लडेको थियो । उत्तर कोरियाले हरेक वर्ष यो दिन धुमधामका साथ मनाउने गर्छ ।

योंगयोनमा न्युक्लियर हतियार बनाउने तयारी
एक अमेरिकी रिसर्च ग्रुप, ‘३८ नर्थ’ को एक प्रतिवेदन अनुसार नर्थ कोरिया योंगयोनस्थित प्रमुख न्युक्लियर कम्प्लेक्समा हतियारको पाटपूर्जा तयार गरिरहेको छ । यता उत्तर कोरियामा सेनाको संख्या विश्व अन्य कुनै पनि देशभन्दा बढि छ । उत्तर कोरियामा ९५ लाख सैनिक रहेका छन् । यो संख्या देशको जनसंख्याको ४० प्रतिशत हो ।

0 comments:

Post a Comment