Tuesday, January 6, 2015

जसलाई २० वर्षदेखि खुट्टामा दाम्लोले बाँधेर राखियो

नुवाकोट, पुस २२ – ‘देवि देवताको श्राप लागेको’ भ्रममा नुवाकोटका एक युवाले आफ्नै आमाबाबुबाट २० वर्षदेखि यातना भोगिरहेका छन् । शारीरिक अपाङ्गता भएका तुप्चे–३ साहुगाउँका २७ बर्षीय गीताप्रसाद सापकोटा उपचारको अभावमा पशुझैं पिाढीमा दाम्लोले बाँधिएर बस्न बाध्य भएका हुन् । २० वर्षदेखि घरको पिढीमा बाँधिएर बाँच्नु पर्दाको पिडा भोगिरहेका उनी समय नपुगी जन्मिएका कारण हात खुट्टा लुलो, कान नसुन्दा बोल्न नसक्ने अवस्थामा बााचिरहेका छन् । तर, उनका बाबु नारायण भन्छन्–‘सानो छादा उपचारको प्रयास गर्दा देउता बिग्रेको भनेर देवी देउराली पनि धाइयो, तर पनि निको भएन ।’ आफुले सुनेको र देखेको सवै देवताको मन्दिरदेखि धामी झाँक्री र अस्पतालसम्म पुर्‍याए पनि छोराको रोग निको नभएको वावु नारायणले बताए ।


आर्थिक अभावमा उपचार गर्न नसकेकोले छोराकै संरक्षणका लागि बाध्य भएर बााधेर राख्नु परेको बाबु नारायण सापकोटाले आफ्नो बाध्यता सुनाए । सुख्खा गाउँको भिरालो जमीनमा निर्वाहमूखी कृषि पेशासागै आफ्नो अशक्त छोराको स्याहार गर्दै आएका छन् । दिनको उज्यालोमा घरको पिढीको झ्याँलको डण्डी र रातमा घरभित्र वााधिएर बााच्दै गरेका गीता छारे रोगबाट समेत पीडित छन् । शान्त भएर बसेको समयमा कसैले शरीरको कुनै भागमा छोई दिादा झण्डै पााच मिनेटसम्म अचेतसम्म हुन्छन् । अरूको ज्याला निमेक गरी गुजारा चलाउादै आएका नारायणको परिवारमा मुस्किलले आठ महिना मात्रै खान पुग्छ । पााच जनाको परिवारमा एक जना अशक्त छोराको स्याहार र हेरचारमा खटिनुपर्ने बाध्यता रहेको छ । बीस वर्ष अघिको तुलनामा आजको संसारमा शहरभित्र आफ्नो छोराको उपचार र संरक्षण गर्ने संस्थाको स्थापना भएको सुनेपनि आर्थिक अवस्थाका कारण उपचारका लागि लान नसकिएको परिवारको दु:खेसो छ । स्याहार सुसारमा समस्या भएपछि बााधिएर राखिएका गीताप्रसाद अर्ध नग्न बस्ने गरेका छन् । बसेकै ठाउास्थानमा दिशा पिसाव गर्ने भएपछि परिवारले बााधिएर राखेका व्यक्तिको शरीरको तल्लो भागमा कपडा समेत लगाई दिन छाडेका छन् । दाहिने खुट्टामा बााधिएको डोरी निरन्तर फुकाउने प्रयास गरेपछि परिवारले उनलाई केही समय फुकाएर छाड्ने गरेपनि लड्ने र शरीरमा घाउ चोट हुने गरेकोले बााध्नुको विकल्प नभएको वावु नारायण बताउाछन् । छोरालाई यताउता बोकेर हिाड्न नसक्ने अवस्थाका कारण नागरिकता समेत बनाउन नसक्दा राज्यवाट पाउने सुविधा पनि ती अशक्तले पाउन सकेका छैनन् । छोराको उपचारका लागि गाउाका सवैसाग सहयोग र राजनितिज्ञ हरूलाई गुहार गरेपनि कतैबाट सहयोग पाउन नसकेको उनको दु:खेको रहेको छ । नागरिकताको अभावमा राज्यबाट पाउने सुविधाबाट समेत बञ्चित गीताको नागरिक बनाउनका लागि जिल्ला प्रशासन कार्यालयले घरमा टोली पठाउने जनाएको छ । सापकोटाको घरमै पुगेर नागरिकता प्रदान गर्ने योजना रहेका प्रशासनको भनाई छ ।

0 comments:

Post a Comment