|
पुस ३०–हाम्रो समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड हो माघेसङ्क्रान्ति पर्व अर्थात मकरसङ्क्रान्ति । यो प्रत्येक बर्षको माघेसङ्क्रान्तिको दिन मनाउने चलन छ । घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारुकामा भने जिव्रोको स्वाद फेर्ने परम्परामा मात्र सिमित छैन सयौँ वर्षदेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलिमा मनाइने गोरुजुधाई मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान र नेपालीहरुकै सुन्दर संस्कृति बनिसकेको छ । हाम्रा लागि परिचित अन्य तर, यो गोरु जुधाई भिन्न, नौलो र रोचक छ ।
गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगितालाई तारुकामा पर्ने चन्दनीडाँडामा विगत एक सय ५० वर्षभन्दा लामो समयदेखि स्थानियहरुले निरन्तर परम्पराको रुपमा मनाउँदै आइरहेका छन् । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बुढापाकाहरुको धारण छ, जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । यही परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागिसमेत मनोरञ्जनको माध्याम र खेल जात्रा बनेको हो ।
आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको यहाँको साँढे जुधाईले स्पेनको त्यो बुलफाइट बिर्साउँछ र थप रोचकता अनि आकर्षण थप्छ । आफ्नो साँघुरो घेरामा मात्रै सीमित छैन, मुुलुकका साथै विदेशमा समेत उत्तिकै चर्चा बटुल्न सफल भएको छ । नेपालमै गोरुजात्रा हुने एकमात्र थलो तारुका । जो कमैलाई मात्र थाहा छ, यहाँको सदियौँ पुरानो ऐतिहासिक चिनारी बोकेको गोरु जुधाईको परम्परा । तैपनि राजधानी काठमाण्डौंसँगै जोडिएको नुवाकोटको तारुकाका लागि भने यो मौलिक परम्परा बनिसकेको छ । दशैं तिहारजस्ता हिन्दू आस्थाका चार्डपर्वमासमेत घर नफर्कनेहरु माघे सङ्क्रान्तिमा भनेपनि साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन यहाँ रहेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाको अवसरको रुपमासमेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पाइन्छ । तारुकामा हुने गोरुजात्रा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरञ्जनको गतिलो माध्याम हुनसक्ने स्थानिय र अन्य पर्यटन व्यवसायीहरुको दावी छ ।
अन्तराष्ट्रिय स्तरमा मनोरञ्जनको अनुपम खेल सौगात मानिने गोरु जुधाउने परम्पराको यहाँ भने अझैँ प्रचार हुन बाँकी छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु यो गोरुजात्राको महत्वलाई प्राथमिकता दिने क्रम बढेपछि धेरै जिल्लाबाट दर्शककोे उपस्थिती र रौनक बढेको देखिन्छ । खेल पर्यटनको रुपमा समेत विकास हुँदै गरेको यो जात्रा स्वदेशी तथा विदेशी पर्यटकका उचित गन्तव्य त बनेकै छ । अझ विषेश गरी नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन, मकवानपुर र काठमाण्डांैवासीका लागि अनिवार्य पर्व जस्तै बनिसकेको यहाँ वर्षेनी झुम्मिने दर्शकहरुको चापले नै पुष्टि गर्छ । अव्यवस्थित रुपमा गोरु जुधाइने जात्राको पूरानो शैली अहिले पूरै बदलिएको छ ।
आन्तरिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यले अघिल्ला वर्षमा भन्दा यसपटक पूरानो शैलीलाई विकास गर्दै मेलालाई वयवस्थित बनाइएको तारुका गोरुजुधाई मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बख्रेलले बताए । अघिल्ला वर्षहरुमा जित्ने गोरु धनीलाई केही रकम पुरस्कारको रुपमा दिइन्थ्यो भने यसपटक एक आपसमा जुधेका गोरुमध्ये जुनले जित्छ, त्यहीसँग हारेको गोरु दिइने नियम बनेको छ । जुधाउन ल्याइएका गोरुले प्रतियोगिता जितेमा गाउँमा वर्षैभरि आफ्नो चर्चा भैरहने भण्डारीको भनाई छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहरगोरुहरु लगातार एक घण्टासम्म भिड्ने गर्छन् ।
यो वर्ष पनि माघेसक्रान्तिका लागि १६ हल गोरु जुुधाउनका लागि तम्तयार बनाइको छ’, पुर्व गाविस अध्यक्ष समरबहादुर आले मगरले भने । गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् । ‘तारुकाको गोरुजात्रा मेला नुवाकोटको मात्र नभई नेपालकै मौलिक साँस्कृतिक परम्पराको सम्पति हो, यसको पर्यटकिय पवद्र्धनमा सबैको सक्रियता चाहिन्छ’, सोही ठाउँमा जन्मिएर राष्ट्रिय स्तरमा स्थापित पत्रकार विष्णु तारुके बताउँछन् । यो जात्रालाई व्यापक प्रचार प्रसार गरी विकास गर्न पत्रकार तारुकेले ठूलो भुमिका खेलेका छन् ।
आफुले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदी पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहेका अमरबहादुर भण्डारीले मेलामा जुधाउन ल्याएको साँढे देखाउँदै भन्नुभयो, ‘आफुले रुखोसुखो खाएर त्यसलाई मिठोमसिनु खुवाएर माघेसङ्क्रान्तिमा जुधाउनकै लागि ।

0 comments:
Post a Comment