Saturday, January 3, 2015

सन् २०१५ बन्दैछ स्मार्ट ग्याजेटको वर्ष

अझै स्मार्ट, चिप्सवाला फेसनका पारखीहरुका लागि वर्ष सन् २०१५ साँच्चीकै दर्शनीय वर्ष बन्नेवाला छ । एन्ड्रोइड वेयर, एप्पल वेयर, गो क्वी लाइफ, सोनीको पाखुरे ब्याण्ड जस्ता ग्याजेटहरु हाम्रो २४ घण्टे स्थायी सहयोगी बन्दैछन् ।


सूचना प्रविधि सम्बन्धि अमेरिकी अनुसन्धान कम्पनी गार्टनरका शोध निर्देशक कमलेश भाटिया इकोनोमिक टाइम्ससँग भन्छन्, ‘पहिरिने सामानहरुको अबलम्बन सन् २०१४ मा स्थापित भयो भने सन् २०१५ मा सेफ्टी र सेक्युरिटी सम्बन्धि एप्लिकेसनहरुले बर्चश्व जमाउनेछन्।’ उनका अनुसार मानिसहरुले यस्ता डिभाइसको प्रयोग गरिरहेका छन् जो आफ्नो स्वास्थ्यको निरन्तर रुपमा अनुगमन गर्ने स्वास्थ्य सम्ब्द्ध एपहरु भएको स्मार्टफोनसँग आबद्ध हुन्छ । अर्को रिसर्च र्फम फरेस्टर रिसर्चको दाबी छ की वर्ष सन् २०१५ वेयरेवल्स अर्थात् पहिरिने चिजको वर्ष हुनेछ । हरेक समयको डाटा संकलन गर्न सक्नु यस्ता वेयरेवल्सको नयाँ खुबी रहेको र त्यो सस्तो मूल्यमा उपलब्ध दूर अनुगमन सेवा जस्तो रहेको फरेस्टरका विश्लेषक जुली आस्क बताउँछन् ।

सिलिकन भ्यालीका व्यवसायी तथा लगानीकर्ता विनोद खोस्लाका अनुसार भविष्यमा डाक्टरले गर्नेमध्ये ८० प्रतिशत काम मेसिनले प्रतिस्थापन गरिदिनेछन् । सामसुङको ग्यालेक्सी एस फाइभमा रहेको मुटुको अनुगमन गर्ने हार्ट मनिटर एप, सोनीको एक्सपेरिया जेडको लाइफ लगिङ एपलाई आफ्नो स्वास्थ्यप्रति सचेत प्रयोगकर्ताहरुले निकै रुचाएको पाइएको छ । भारतको बैंगलोरको एक टेक कम्पनीले यस्तो सेन्सर बनाउँदैछ जसलाई प्रयोगकर्ताको मोबाइलमा राखेपछि त्यसले मानिसको सम्पूर्ण स्वास्थ्यअवस्थाको जानकारी गराउँछ । अमेरिकामा केही विमा कम्पनीहरुले आफ्ना ग्राहकहरुका लागि उनीहरुको स्वास्थ्यको नियमित अनुगमन गर्ने स्मार्ट वेयरेवल्सको प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् र त्यस्ता डिभाइस प्रयोग गर्ने ग्राहकका लागि विशेष सहुलियत समेत दिने गरेका छन् ।


उपभोक्ताहरुमा स्मार्ट वयेर डिभाइस किन्ने दर बढेको छ । अनलाइन सपिङ साइड फि्लपकार्टमा मार्टियन वाच, मोटो ३६० स्मार्टवाच तथा ग्रामिन विवोफिट फिटनेस ब्याण्ड निकै लोकपि्रय बनेका छन् । त्यस्तो अर्को अनलाइन सपिङ साइट अमेजन डट इनमा गु क्यू लाइफ सबैभन्दा बढि किनिएको साधन बनेको छ । यस्ता वेयरेवल्सहरु मानिससँग हुनैपर्ने साधन बन्दैगर्दा केही चुनौति भने बढिरहेका छन्, खासगरि गोपनियता र सुरक्षा सम्बन्धमा । गुगल ग्लासलाई कुनै छलफलको रेकर्ड गर्ने तथा संवेदनशील डाटाको तस्वीर लिनका लागि कसरी प्रयोग गर्नुपर्छ भन्ने कुराको विषयमा प्रश्न उठाइएको छ । गएको अक्टोबरमा अमेरिकाको मोसन पिक्चर एसोसिएसनले थिएटरहरुमा गुगल ग्यास तथा अन्य वेयरेवल डिभाइसहरुको प्रयोगमा रोक लगाएको थियो । अमेरिकाका केही रेष्टुरेन्टमा गोपनियताको कारण देखाउँदै गुगल ग्लासलाई प्रतिबन्धित गरिएको छ । यो प्रवृत्तिले पहिरिने स्मार्ट ग्याजेटका लागि सन् २०१५ वृद्धिमुखि भएपनि चुनौतिपूर्ण रहेको औल्याएको छ ।

0 comments:

Post a Comment