Saturday, January 3, 2015

सन् २०१४ का सबैभन्दा लोकप्रिय १० स्मार्टफोन एप्स

वर्ष सन् २०१४ सकिएर नयाँ वर्ष २०१५ सुरु भैसकेको छ । अघिल्लो वर्ष स्मार्टफोन एपको दुनियाँमा असंख्य नयाँ पूराना एपहरु चलन चल्तीमा रहे । बितेको वर्ष कुन स्मार्टफोन एप सबैभन्दा बढि प्रयोग गरियो होला ? यो सबैको चासोको विषय हो । प्रविधि जगतमा विभिन्न खाले अध्ययन अनुसन्धान तथा सर्भेक्षण गरी नयाँ तथ्य तथ्यांक सार्वजनिक गर्ने अमेरिकी सूचना तथा मापन कम्पनी निल्सेनले वर्ष सन् २०१४ का टपटेन स्मार्टफोन एपको सूची सार्वजनिक गरेको छ ।


अमेरिकी बजारमा केन्द्रित भएर तयार पारिएको यो सूचिले धेरै हदसम्म विश्वव्यापी ट्रेण्डको प्रतिनिधित्व छ । निल्सेनका अनुसार वर्ष सन् २०१४ का टपटेन स्मार्टफोन एप यस्ता छन्-

१. फेसबुक- टेक जगतका अन्य सम्पूर्ण एपलाई पछार्दै फेसबुकको स्मार्टफोन एप गत वर्षको सर्वाधिक लोकप्रिय स्मार्टफोन एप बन्न सफल भएको छ । फेसबुक एपका औषत युनिक युजर्सको संख्या ११ करोड ८० लाख २३ हजार छ । गत वर्षदेखि फेसबुक एपमा थप नयाँ प्रयोगकर्ता समेत थपिएका छन् र वाषिर्क १५ प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएको छ । आइओएस तथा एन्ड्रोइड लगायत स्मार्टफोनमा फेसबुक एप निशुल्क डाउनलोड गर्न सकिन्छ ।

२. गुगल सर्च- विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगल सर्च एप स्मार्टफोनमा सर्वाधिक लोकपि्रय दोश्रो एप बनेको छ । मानिसहरु अहिले आफुलाई चाहिएको जानकारी गुगलमा खोज्न मन पराउँछन् र त्यसका लागि सजिलो बाटो बनेको छ स्मार्टफोनमा गुगल सर्च एप डाउनलोड गर्नु । गुगल सर्च एपका औषत युनिक प्रयोगकर्ताको संख्या ९ करोड ७ लाख भन्दा बढि छ ।

३. यु ट्युब - यु ट्युबको मोबाइल एप अझैपनि स्मार्टफोनमा अनलाइन भिडियो हेर्ने सबैभन्दा उत्तम ठाउँ बनिरहेको छ । वर्षको तेश्रो सर्वाधिक लोकप्रिय स्मार्टफोन एप बन्न सफल यु ट्युबले गत वर्ष ८ करोड ८३ लाख भन्दा बढि युनिक युजर्स प्राप्त गरेको छ । निल्सेनका अनुसार स्मार्टफोनमा यु ट्युब एपको डाउनलोड एक वर्षमा २६ प्रतिशतले बढेको छ ।

४. गुगल प्ले- प्रयोगकर्ताहरुमा आफ्नो एकाधिकार स्थापित गर्ने अभियानमा रहेको गुगलको अर्को एप गुगल प्ले वर्षको सर्वाधिक लोकपि्रय मोबाइल एपको चौथो स्थानमा परेको छ । अन्य एप डाउनलोड गर्न सकिने गुगलको अनलाइन स्टोरको रुपमा रहेको गुगल प्ले अधिकांस एन्ड्रोइड स्मार्टफोनमा पहिले नै डाउनलोड गरिएको हुन्छ । गत वर्ष गुगल प्लेका युनिक युजर्स ८ करोड ४९ लाख नाघे ।

५. गुगल म्याप्स- सर्वाधिक लोकप्रिय तथा सजिलो अनलाइन नक्सा एपको रुपमा रहेको गुगल म्याप्स एप लोकप्रियताको सूचिमा पाँचौ स्थानमा आयो । ७ करोड ९० लाख युनिक प्रयोगकर्ता यो एपमा आबद्ध भए ।

६. जिमेल- विश्वको सबैभन्दा लोकप्रिय तथा वृहत इमेल सेवा जिमेलको स्मार्टफोन एप सर्वाधिक लोकपि्रय इमेल एप बन्नुका साथै समग्रमा छैटौँ लोकप्रिय मोबाइल एप बन्न सफल भयो । गत वर्ष जिमेलको स्मार्टफोन एपमा ७ करोड २४ लाख भनदा बढि औषत युनिक युजर्स आबद्ध भए ।

७. फेसबुक म्यासेन्जर- फेसबुकको मुख्य एप वर्षको सर्वाधिक लोकपि्रय स्मार्टफोन एप बन्न सफल भएपनि फेसबुक म्यासेन्जर एप भने खासै चल्न सकेन । तर मेन पेजभन्दा छुट्टै म्यासेन्जर सार्वजनिक गरेर फेसबुकले एउटा तहल्का भने मच्चाउन सफल भयो । यो एप लोकप्रियताको सातौँ स्थानमा रहँदै ५ करोड ३७ लाख भन्दा बढि युनिक प्रयोगकर्ता आबद्ध गर्न सफल भयो ।

८. गुगल प्लस- सोसल नेटवर्कबाट उत्पत्ति भई गुगलका अन्य एप जस्तै जिमेल र यु ट्युबसँगको संयोजक तन्तुको रुपमा विकशित भएको गुगल प्लस वर्षको आठौँ लोकप्रिय एप बन्यो । गत वर्ष यो एपका युनिक प्रयोगकर्ताको संख्या ४ करोड ८३ लाख ८५ हजार रह्यो ।

९. इन्स्टाग्राम- फोटो शेयरिङ एपको बादशाह इन्स्टाग्राम गत वर्ष निकै चर्चामा रह्यो । बितेको वर्ष यसले आफ्नो युनिक प्रयोगकर्ताको संख्यामा ३४ प्रतिशतले वृद्धि गर्न सफल भई ४ करोड ३९ लाख भन्दा बढि पूराउन सफल भयो ।

१०. म्युजिक एप (आइ ट्युन्स रेडियो/आइ क्लाउड)- एप्पललको म्युजिक एप यो वर्षको सर्वाधिक लोकप्रिय दश स्मार्टफोन एपको सूचिमा पर्न सफल भएको छ, भलै अन्तिम स्थानमा किन नहोस् । निल्सेनका अनुसार यो एप्पल एपका युनिक युजर्सको संख्या ४ करोड २५ लाख ४६ हजार छ ।

0 comments:

Post a Comment