|
काठमाडौं पुष २०— यौन आवश्यकता पुर्तिका लागी परपुरुष वा पर स्त्रीसँगको अबैधानिक यौनसम्पर्कको कारण घरझगडा लगायतका थुपै्र सामाजिक समस्याहरु पैदा भएका छन् भने अर्कोतिर यौन रोगको संक्रमण बढ्दै गएको छ । सुचना र प्रबिधीको बिकाससँगै घरमा बसेर सेक्स खेलौनामा प्रयोग श्व बजारम जसको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको छ ।बिश्व बजारमा गरिएको नयाँ प्रयोगसँगै नेपाली बजारमा सेक्स खेलौनाहरुको व्यापार सुरुभएको हो । अशुरक्षित प्रकारको यौनसम्पर्कबाट बिभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गरेको बेलामा त्यसलाई नियन्त्रण गर्नका लागी र यौन आवश्यकताहरुको पनि पुर्ति गर्नका लागि सेक्स खेलौनाहरुको उत्पादन गरिएको उत्पादकहरुले बताउदै आएको छ ।
बिश्व बजारमा जस्तै नेपाली बजारमा पनि केहि बर्ष देखि सेक्स खेलौनाको बिक्रीबितरण हुँदै आएको छ । करिव ५ बर्ष पहिलाबाट पोखरामा पनि सेक्स खेलौनाको बिक्रिबितरण गरिएको स्विटसेभका संचालक नारायण गिरी बताउछन् । ‘सुरु–सुरुको तुलनामा अहिले सेक्स खेलौनाको ब्यापारमा बृद्धि भएको छ ।’–उनि बताउछन् । करिब २० लाखको लगानीबाट व्याबसाय सुरु गरेको उनले बार्षीक ३० लाख बराबरको कारोबार हुने गरेको बताउछन् । कति उमेर समुहका व्यक्तिहरु तँपाईहरुका नियमित ग्राहकहरु बन्छन ? भन्ने हाम्रो प्रश्नको उत्तर दिदै उनले भने–‘प्राय ३० बर्ष उमेर कटेका महिलापुरुषहरु हुन्छन् । कण्डम लगायतका कम मुल्यका समानहरुको खरिद भने भर्खरका युवायुवतीहरुले पनि गर्ने गरेका छन् ।’ स्विट सेभका संचालक गिरीका अनुसार फोन सम्पर्कबाट नै सामान मागहुने गरेको छ । उनका अनुसार सामानको होमडेलिभरी लेडिजका लागी लेडिजले र जेन्सका लागि जेन्सले नै गर्ने भएका कारण पनि ग्राहकहरु बढेका हुन ।
नेपालभर करिव पाँच ठाँउमा सेक्स टोयहरु बिक्रि हुनेगरेको छ । नेपालमा सेक्सटोयहरु मलेसिया र चाईनाबाट आउने गरेको छ । ‘सेक्सुअल सेटिस्फाई पनि हुने र बिभिन्न प्रकारको रोगहरुबाट पनि बच्न सकिने भएका कारण पनि पछिल्लो समयमा सेक्स टोयको ब्यापारमा बृद्धि भएको हो ।’ उनका अनुसार अहिले पनि पसलमा नै आएर सेक्स टोयहरु खरिद गर्नेको संख्या त कम छ तर फोन मार्फत सामान मगाउने र खरिद गर्नेहरुको संख्या भने धेरै रहेको छ । पोखरामा पुरुष र महिला ग्राहकहरु बराबरको संख्यामा रहेको पाईन्छ । उनले भने– ‘हिसाब नै गर्ने गर्ने हो भने त एकदुई सँख्यामा घटबढ होलान तर सरदर सेक्स टोयका प्रयोगकर्ता महिला र पुरुष बराबर संख्यामा छ ।’ बजारको मागलाई ध्यान दिएर बिश्व बजारमा आएका नयाँ सेक्स खेलौनाहरु पनि आफुले ल्याएको गिरीले बताए । ‘सुरुसुरुमा व्यापार गर्दा भन्दा अहिले अलि सहज भएको छ । मान्छेहरुले बुझ्न थालेका छन् । तत्काल यौन आवश्यता पुर्तिका लागि हुने असुरक्षित प्रकारको यौनसम्पर्कले परिवारमा ल्याएको झगडा र सामाजिक बिकृति , सुरक्षित र गोप्य भएका कारण पनि अहिले मान्छेहरुको ध्यान सेक्स खेलौनातिर गएको छ ।

0 comments:
Post a Comment