Thursday, January 8, 2015

नेपाल वायुसेवा निगमकले दुर्इवटा एयरबस ‘ए-३२०’ ल्याउने भएको छ ।

२४ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमको एयरबस ‘ए-३२०’ जहाज माघ २३ गते नेपाल भित्रिने भएको छ । निगमले एयरबस कम्पनीसँग ल्याउन लागेका दुई थान जहाजमध्ये पहिलो जहाज आउने भएको हो ।
एयरबसले माघ २३ गते शुक्रबार पहिलो जहाज जर्मनीको हयामवर्गमा निगमलाई हस्तान्तरण गर्दै छ । उक्त विमान हयामवर्गबाट कतारको दोहा हुँदै माघ २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने निगमले जनाएको छ ।


अर्को ‘ए-३२०’ जहाज भने एयरबसले पहिलो जहाज हस्तान्तरण गरेको दुई महिनापछि प्रदान गर्ने छ ।
जहाजमा १५८ सीट क्षमता रहेको छ । जसमध्ये ८ वटा बिजनेश क्लास र १५० वटा इकोनोमी क्लासका सिट हुनेछन् । दुबै जहाजमा इन्टरनेशनल एरोइन्जिनका इन्जिनहरु जडान हुने निगमले जनाएको छ ।
अहिले निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुर्इवटा जहाज रहेका छन् । एयरबस आएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज हुनेछन् । निगमले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि जहाजहरु थपिरहेको छ । गत वैशाख १४ गते निगमले २८ वर्षपछि नयाँ जहाज त्रिभुवन विमानस्थलमा अवतरण गराएको थियो ।
आन्तरिक उडानका लागि चीनबाट ल्याइएको उक्त ँएम-६०’ जहाजले अहिले व्यवसायीक उडान गरिरहेको छ । चीनबाटै ल्याइएको अर्को जहाजले जहाजले पनि उडान भरिरहेको छ । दुबै विमान निगमले चीन सरकारबाट अनुदानमा पाएको छ ।

0 comments:

Post a Comment