Wednesday, January 14, 2015

चेली बेच्ने अभियुक्तहरुलाई १० देखि २० वर्ष सम्म जेल सजायँको फैसला

नुवाकोट पुस ३०- महिलालाई बेश्यालयमा बिक्रि गर्ने अभियुक्तहरुलाई नुवाकोट जिल्ला अदालतले धमाधम जेल सजायँको फैसला गरिरहेको छ । नेपालमै सबैभन्दा धेरै महिला बेचविखन हुने ठाउँको रुपमा चिनिएको नुवाकोटमा बितेको एक सातामा तीन जना अभियुक्तहरुलाई लामो अवधिको कारावास सजायँसँगै मोटो रकम जरिवानाको फैसला अदालतले गरेको हो । जिल्लाको घ्याङफेदी ६ का २० वर्षिय सुकमान तामाङलाई जिल्ला अदालत नुवाकोटले २० वर्षको कैद र उनीद्धारा बेचिएकी पीडित युवतीलाई एक लाख रुपैया क्षतिपूति भराउन गएको बिहिवार आदेश दिएलगत्तै सोमवार पनि दुई जनालाई १०/१० वर्ष जेलमा राख्ने अदालतले आदेश जारी गरेको छ ।

मानव वेच विखन तथा ओसार प्रसार गरेको अभियोगमा जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको ईजलासले ध्याङफेदी–६ का २४ वर्षकी विवाहित एक महिलालाई विक्री गर्न लगेको आरोपमा ध्याङफेदी–४ का वर्ष २५ को रमेश तामाङ थिङ र ध्याङफेदी–३ का २२ वर्षिय रमेश तामाङलाई दश–दश वर्षको कैद र १–१ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । अदालतले अभियुक्तवाट जरिवाना स्वरुप भराएको १–१ लाख मध्ये ५०–५० हजार रुपैयाँ पीडित महिलालाई क्षतिपूर्ति दिन आदेश दिएको छ । घ्याङफेदीबाट २०७१ वैशाख १७ गते हराएकी युवतीलाई बैशाख २३ गते खरानीटारबाट प्रहरीले उद्धार गरेको थियो ।   फैसलापछि तीनै जना अभियुक्तहरुलाई नुवाकोट जिल्ला कारागार चलान गरिएको छ । उनीहरु तीनै जना एकै गाउँका हुन् भने सबैभन्दा धेरै महिला यही घ्याङफेदी गाविसबाट भारतका विभिन्न वेश्यालयहरुमा बिक्री हुन्छन् । वितेको ६० वर्षदेखि सुरु भएको बेचविखन अहिलेसम्म रोकिएको छैन ।

जसका कारण लगभग महिलाहरुले गाउँ रित्तिसकेको छ ।   २० वर्षको कारागार सजायँ सुनाइएका सुकुमानले २०६५ साल साउन २८ गते श्रीमान्  गोसाइकुण्डको मेलामा काम गर्न गएको वेलामा बिभिन्न प्रलोभन देखाई निरमाया तामाङ (नाम परिवर्तन) लाई भारतको नयां दिल्लीमा पु¥याएर बिक्रि गरेको खुलासा भएको छ । मानव बेचबिखनको आरोपमा दुई वर्षअघि पक्राउ परेका सुकमानलगाएत सोही घ्याङफेदीका गाउकै २ जना गरी ३ जनाले  छिमेकी २६ वर्षया शान्ता  र २७ वर्षिया कान्ता (नाम परिबर्तन) लाई विक्रि गरेको जानकारी पाएपछि दुबै जनाका श्रीमानले मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था कोसेली नेपाल  नुवाकोटको सहयोगमा गत २०६९ साल चैत्र ५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा प्रहरीले  तामाङगलाई पक्राउ गरे पछि दलालहरुकै आफन्तले बेचिएका २ महिलालाई कोठीवालीसंग कुरा गरी सांढे ४ वर्षपछि  नेपाल फिर्ता ल्याएका थिए । सुकमानको आफन्तले काठमाडौ बौद्धमा भेटी सुकमान तामाङगलगायतले बिक्रि गरेको प्रहरीलाई नबताउन  लोभलालचको साथै डर, धम्की दिए पनि बेच्ने दलाललाई कानुनी कारबाहीको माग गर्दै उनीहरुले प्रहरी र अदालतमा सुकमानले विक्रि गरेको जनाउंदै वयान दिए पिडित महिलाले बताइन् । तर, अधिकांश व्यक्तिहरु दलालको प्रलोभन र त्रासका कारण कान’नी उपचार नै नखोज्ने र यदी प्रहरीसम्म आएपनि प्रहरीले म’द्धा दर्ता नगरिदिने समस्याले बेचबिखनमा संलग्नहरुको मनोबल बढ्ने गरेको कोसेली नेपालकी अध्यक्ष अस्मिता थापाले बताउन’भयो  ।

0 comments:

Post a Comment