Sunday, January 11, 2015

के तपाई पत्त्याउनु हुन्छ ? बेलायतीले वर्षमा जम्मा ४ पटक नुहाउँछन्

विश्वको विकशित देशमध्येको एक बेलायतका मानिसहरु व्यक्तिगत सरसफाइमा कतिसम्म कमजोर रहेछन् भन्ने तथ्य एक अध्ययनले खुलासा गरिदिएको छ ।
अध्ययनबाट पत्ता लागेको तथ्य पत्याउन पनि गाह्रो पर्ने खालको छ । यो अपत्यारिलो सत्य के हो भने एक तिहाइ भन्दा बढि बेलायतीहरु वर्षमा केवल ४ पटक वा सो भन्दा पनि कम नुहाउँछन् । साथै एक तिहाइले त तिन महिनासम्म जिउृ सफा गर्दैनन् ।


होटल बुकिङ साइट लेटरुम्स डट कमले गरेको अध्ययन अनुसार सयमा ३५ जना बेलायतीहरुले वर्षमा केवल ४ पटक मात्र नुहाउँछन् । वर्षदिनमा केवल ४ पटक नुहाउनेमध्ये ४७ प्रतिशतले त केवल २ पटक मात्र आफ्नो घरमा नुहाउँछन् र बाँकी दुइ पटक कुनै होटलमा बस्दा नुहाउने गरेका छन् ।
बबल बाथ डे को उपलध्यमा उक्त साइटले गरेको अध्ययन अनुसार बाथटबमा डुबेर नुहाउने कुरामा निकै अल्छी भएपनि धारामा जिउ पखाल्ने मामिलामा भने बेलायतीहरु जाँगरिला नै देखिएका छन् । बेलायतीहरुले औषतमा वर्षमा २ सय २७ पटक यसरी धारोमा जिउ पखाल्ने गर्छन् ।
धारोमा जिउ पखाल्ने र बाथटबमै जिउ डुबाएर नुहाउने दिनहरुलाई पूरै नुहाउने दिन मान्ने हो भने पनि बेलायतीहरुले वर्षमा १ सय ११ दिन जिउ ननुहाइकन गुजार्ने गरेको देखिएको छ । अर्थात् बेलायतीहरु वर्षमा तिन महिना आफ्नो जिउ सफा गर्दैनन् ।
अध्ययनले नुहाइधुवाइमा सबैभन्दा अल्छी तथा फोहोरी मानिसहरु दक्षिण पश्चिमी बेलायतका रहेको देखाएको छ, जसले वर्षको जम्मा २ सय ८ दिन जिउको सफाइ गर्छन् जबकी सबैभन्दा सफा वेल्सका बासिन्दा देखिएका छन् जसले वर्षमा २ सय ५१ दिन जिउ सफा गर्छन् ।

अध्ययन अनुसार होटलमा बाथटबमा नुहाउँदाका बखत ६० प्रतिशतले आफ्नो पार्टनरसँगै एकसाथ नुहाउने गरेका छन् । अर्को रोचक कुरा त के भने बाथटबमा पानीभित्र जिउ डुबाइरहेको बेला समेत २४ प्रतिशतले आफ्नो स्मार्टफोनमा सोसल मिडिया वा टेक्स्ट म्यासेज चेक गरिरहेका हुन्छन् । तातो पानीको बाथटबममा एकजना बेलायतीले औषतमा २० मिनेट बिताउने गरेको पनि पाइएको छ ।

0 comments:

Post a Comment