Monday, January 12, 2015

नियमित सहवासका १० फाइदाहरु : थाहा पाईराख्नुहोस् !!!

सहवासको एकमात्र फाइदा आनन्द वा मनोरञ्जन हो भन्ने ठान्नुभएको छ भने गलत हुनुहुन्छ । सहवास केवल आनन्दका लागि मात्र होइन यो स्वास्थ्यका लागि समेत फाइदाजनक हुन्छ । अझ नियमित सम्भोग त मानव स्वास्थ्यका लागि निकै लाभदायी हुने विभिन्न अध्ययनहरुले देखाएका समेत छन् । सहवासले केवल निद्रा पार्ने मात्र होइन मोटोपना घटाउन तथा तनाव क मगर्न समेत सहयोग गर्छ । नियमित सहवासका मुख्य फाइदा यस्ता छन्

मुटु तथा रगत सम्बन्धि स्वास्थ्य सुधार्छ- एक अध्ययन अनुसार हप्तामा दुइपटक भन्दा बढि सहवास गर्ने पुरुषमा महिनामा एक पटक भन्दा कम सम्भोग गर्ने पुरुषमा भन्दा हृदयाघात हुने जोखिम आधाले कम हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउँछ- नियमित सहवासले सरीरमा प्रतिरोधात्मक क्षमता बढाउने एन्टीबडी इम्युनोग्लोबुलिन ए (आइजीए) को मात्रा बढाउँछ ।
तनाव घटाउँछ- काम वा पारिवारिक समस्याका कारण तनावमा हुनुहुन्छ ? तनावको असर आफ्नो यौन जिवनमा पर्न नदिनुहोस् । नियमित सम्भोगले उल्टै तपाइँको मूडमा सुधार गरि तनाव कम गरिदिने मात्र होइन तनाव व्यवस्थापन गर्नसक्ने क्षमता प्रदान गर्ने विज्ञहरुको भनाइ छ ।
दुखाइ कम गर्छ- यदि टाउको दुख्यो भनेर सहवास टार्ने कोसिस गर्दै हुनुहुन्छ भने अबदेखि यसो गर्न छाड्नुस् । सम्भोगका बेला सरीरमा अक्जिटोसिन नामक हर्मोनको मात्रा ५ गुणाले बढ्छ । यो हर्मोनले सरीरमा दुखाइ तथा पीडा कम गराउन सहयोग पूराउँछ ।

दीर्घायुका लागि सहवास- सम्भोगको चरमउत्कर्षका बेला सरीरमा उत्पादन हुने डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोनले जिउमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै क्षयिकृत तन्तुहरुको पुननिर्माण गर्नुका साथै छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययन अनुसार हप्तामा कम्तीमा २ पटक चरम आनन्द प्राप्त गर्ने मानिसहरु केवल हप्ताको एक चोटी चरम आनन्द प्राप्त गर्नेभन्दा धेरै बाँच्ने गरेको पाइएको छ ।
रक्तप्रवाह बढाउँछ- सम्भोगका बेला मुटुको गति बढ्छ, जसबाट ताजा अक्सिजनयुक्त रगत सरीरका अंगअंग तथा कोषहरुमा संचार हुन पाउँछ । साथै यस क्रममा जिउमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ ।

मिठो निद्रा पर्छ- निद्रा कम पर्ने तथा गहिरो निद्रा नपर्नेहरुका लागि सहवास उपयुक्त उपचार हुनसक्छ । रातको सहवासले गहिरो तथा आरामदायी निद्रा पर्नमा सहयोग गर्छ । मीठो निद्रा परेपछि मानिसको स्वास्थ्य तथा मूड समेत राम्रो बन्दछ । तन्दुरुस्तीमा वृद्धि गर्छ- आधा घण्टाको सम्भोगका क्रममा ८० क्यालोरी उर्जा दहन हुन्छ । वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले समेत उर्जा दहनका लागि कडा व्यायाम जत्तिकै प्रभावकारी कार्य सहवास पनि हो । यसले मोटोपना घटाउन तथा सरीरका तन्तुहरुलाई स्वस्थ रहन मद्दत गर्दछ ।
धैर्यवान तथा स्वस्थ बनाउँछ- सहवासले पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन हर्मोनको मात्रामा वृद्धि गर्छ । टेस्टेस्टेरोन हर्मोनले यौनक्षमतामा मात्र नभै मांशपेसीको मजबुती, हड्डीको मजबुतीका साथै कोलेस्टेरोल क मगर्ने र मुटुलाई स्वस्थ राख्ने काम गर्छ । टेस्टेस्टेरोन हर्मोनले पुरुषको मानसिक स्वास्थ्यमा समेत लाभ पूराउने र धैर्यताको सीमा बढाइदिन सहयोग गर्छ । त्यस्तै ओस्ट्रोजेनले महिलालाई मुटुरोगबाट बचाउन सहयोग गर्छ ।

0 comments:

Post a Comment