Tuesday, January 13, 2015

कतारमा मृत्यु भएका २० जनाले ४० लाख १३ हजार रियाल क्षतिपुर्ति पाउने भएकोछ

दोहा (कतार), पुस २९ - वैदेशिक रोजगारका लागि कतार आइपुगेर सडक र कार्यस्थलमा दुर्घटनामा भई मृत्यु भएका २० जना नेपाली कामदारले ४० लाख १३ हजार रियाल (करिब १० करोड ८३ लाख ६६ हजार रुपैया ) क्षेतिपुर्ति पाएका छन् ।


नेपाली दुताबासले एउटा वकिल राखेर मुद्दा लडेपछि ती मृतक कामदारका परिवारले क्षेतिपुर्ति पाएका हुन् । दुताबासले पाइसकेका रकम कानुनी खर्च कटाएर परिवारले पाउने गरी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ ।

'२० जना मृतक कामदारले ४० लाख १३ हजार रियाल क्षतिपुर्ति पाएका छन् । त्यसको लागि ६ लाख ८३ हजार कानुनी खर्च भएको छ', नेपाली दुताबासका सहचारी केशब पन्थीले कान्तिपुरलाई भने,'कानुनी खर्च कटाएर पीडित परिवारले पाउने ३३ लाख ३० हजार रियाल रकम परराष्ट्र मन्त्रालय पठाइदिएको छ ।' परराष्ट्रले यो क्षतिपुर्ति सम्बन्धीत जिल्ला प्रशासन कार्यालय मार्फत भुक्तानी दिने ब्यबस्था मिलाउनेछ ।

क्षतिपुर्ति पाउनेहरुमा रिभन-३, कास्कीका जोगबहादुर सुनुवार (एकलाख ६० हजार रियाल), धरमपानियाँ-६, कपिलबस्तुका गौतम न्यु (एक लाख ४९ हजार रियाल), पोखरा-३, कास्कीका जीबनकुमार श्रेष्ट (एक लाख ४९ हजार रियाल), किनहुन-२, तनहुँका केशबहादुर राना (३४ हजार), चित्रे-४, खोटाङका पेमनुरी शेर्पा (एक लाख ५५ हजार रियाल), शिक्तहन-३, रुपन्द्रेहीका वाइज मोहम्मद स्वात -एक लाख ५५ हजार रियाल), उम्रपे्रमपुर-४, धनुषाका सञ्जिबदाश तटमा (दुई लाख ७ हजार रियाल), राजबरा-९, प्युठानका गिरबहादुर घर्ती -एक लाख ६० हजार रियाल) र खँडेबास-५, बाग्लुङका नामराज गुरुङ -एकलाख ५९ हजार रियाल) रहेका छन् ।

त्यस्तै, आमभञ्जाङ-७, मकवानपुरका नन्दप्रसाद सापकोटा (एकलाख ५९ हजार रियाल), सिद्धधारा-३, अर्खाखाँचीका अर्जुनबहादुर सुनार (एकलाख ५९ हजार रियाल), चिसापानी-७, स्याङ्जाका सोमप्रसाद भण्डारी (एकलाख ६० हजार रियाल), सिंगाहदेबी-७, मोरङका सञ्चबहादुर लिम्बु, तुलिसिया निकेश-३, धनुषाका सत्यनारायण यादब - एक लाख ४९ हजार),  अधिकारीचौर-६, बाग्लुङका तुलसीराम भण्डारी (दुई लाख ३९ हजार रियाल), फलेक-७, तेहथुमका दुर्गाबहादुर दर्जी (दुई लाख ४४ हजार रियाल), बलाह संग्राह-५, धनुषाका अन्सुरुल कुवारी (एकलाख ९६ हजार), छतिवन-३, मकवानपुरका प्रेमबहादुर भोम्जन (एक लाख ९६ हजार रियाल), चुरियामाई-२, मकवानपुरका अशोक थिङ (एक लाख ५९ हजार रियाल) र टरुर्का-५ नुवाकोटका कृष्णे कार्मी (एकलाख ५९ हजार रियाल ) रहेका छन् । यी मध्ये स्याङजाका भण्डारी र प्युठानका घर्तीले दोश्रो पटक क्षतिपुर्ति पाएको हो ।

उनीहरु अधिकांस सडक दुर्घटनामा परी ज्यान गएको हो । कतारमा सडक र कार्यस्थलमा ज्यान गुमाउनेले क्षतिपुर्ति पाउन मुद्दा लड्नुपर्ने अबस्था छ । पीडित परिवारले परराष्ट्र मन्त्रालयलाई अख्तियारनामा बुझाएपछि दुताबासले वकिल मार्फत मुद्दा लडिदिने गरेको हो 

0 comments:

Post a Comment