Thursday, January 8, 2015

संसारको सबैभन्दा महँगा गहना कस्ता छन् ?

पक्कै पनि सबै महिलालाई हिरा मनपर्छ । सायद तपाईं मध्ये धेरैले हिरालाई निकै महँगो गहनाको रुपमा लिनुभएको होला । पक्कै पनि हिरा निकै महँगो हो तर यो महँगो रत्नमा अरु अमूल्य रत्नहरु जोडेर बनाएमा त्यो कस्तो होला । यहाँ दिइएका गहनाहरु यति महँगा र आकर्षक छन् कि जुन साधारण मानिसहरुका लागि ‘आकाशको फल आँखा तरि मर’ भन्ने उक्तिसँग मिल्न जान्छ ।

हेरौँ संसारका निकै महँगा गहनाहरु कस्ता देखिन्छन् ।
१.  रोमानियाकी क्विन मेरीको ब्रुचः इम्पेरर अलेक्जेन्डर की नातिनी रोमानियाकी क्विन मेरीसँग कुनै बेला रहेको ब्रुचलाई कार्ल फेबर्जले मुटुको आकारमा बनाएका थिए । जसलाई श्रीपेचको रुपमा सजाइएको छ ।
२ . क्विन मारियाको नेकलेसः बेल्जियमकी रानी मारिया जोससँग कुनै जमानामा रहेको यो गहनामा ५० वटा रत्न र थुप्रै मात्रामा हिरा जडित यो नेकलेस निकै आकर्षक मानिएको छ ।
३ राजकुमारी डायनाको इन्गेजमेन्टको औँठीः इतिहासको निकै चर्चित पात्रको रुपमा उभिएकी डायनाको रुपमा जतिपनि चर्चा हुन्छ त्यति नै उनको पहिरन शैली र गहनाको हुने गर्दछ । डायनाको इन्गेजमेन्टको औँठी ३८,४८८ डलर अर्थात् नेपाली करिब ३९ लाख पर्ने गर्दछ । उनको औँठी अहिले केट मिडल्टनले लगाउने गर्दछिन् ।
४. मनपर्ने हात्तीको लागी हिराको गहनाः पत्थर, हिरा र रत्नजडित यो गहना राजाको प्रिय हात्तीको लागि बनाइएको हो जसलाई पछि स्पेनकी डान्सर अनिता डेल्गाडोलाई दिइएको थियो । एकपटक यसलाई राजकुमारीले पनि पहिरेकी बताइएको छ । यसको तौल ४० हजार किलोग्रामको रहेको छ ।
५. निलो हिराको औँठीः यो औंठी ६.०१ क्यारेट रहेको छ र त्यसको साइडमा अण्डाकारको गुलाबी हिरा जडान गरिएको छ । गुलाबी रङको हिरालाई निकै दुर्लभ मानिन्छ । यो औँठी हङकङको लिलामीमा एक अर्ब रुपैयाँमा बिक्री भएको थियो ।
६. इयुजेनियाको ब्रुचः यो ब्रुच सन् १८५५ देखि फ्रान्कोइस क्रेमरसँग रहेको थियो । यो ब्रुचलाई नेपोलियनले आफ्नी श्रीमती इयुजेनियालाई प्रभावित गर्न बनाएका थिए ।
७. ह्यारी विन्स्टनको हिराको झुम्काः चारवटा हिराजडिट यो झुम्का चर्चित ह्यारी विन्स्टनले बनाएको हो । हलिउडको सुपरस्टारका लागि आकर्षक गहना बनाउनका लागि ह्यारी विन्स्टन अग्रस्थानमा रहेको छ ।
८. हिराको नेकलेसः यो नेकलेस ८.१९ हार्ट सेपका हिराका कारण चर्चामा रहेको छ । यसका मालिकले उनको मालिकको नाम सार्वजनिक गर्न चाहेका छैनन् ।
९. क्विन मेरीको हिराको नेकलेसः यो नेकलेसको मूल्य १ अर्ब ८५ करोड भएको अनुमान गरिएको छ । यो इंगल्याण्डकी पहिलो महिला क्विन मेरीको हो ।
१०. लौरेन्स ग्राफको औँठीः अंग्रेजी ज्वेलरले क्रिष्टि लिलामीबाट यो औँठी २६ करोड रुपैयाँमा किनेको थियो । यो औँठीको बिचमा राखिएको रातो रङको हिरा र यसको आकारले यसलाई अमूल्य बनाएको छ ।

0 comments:

Post a Comment