Wednesday, January 7, 2015

“कुन झुल?” “त्यै क्या, नानीले ल्याको नयाँ झुल !”

“हेर बुढी, ठाउँठाउँमा च्यात्तिसक्यो झुलपनि, नसकिने भो अब !”
“अनि कसले त्यै चलाउन भन्यो त हजुरलाई ? अर्को झुल हुँदाहुदै किन लामखुट्टेलाई निम्तो दिईराको होला?”
“कुन झुल?”
“त्यै क्या, नानीले ल्याको नयाँ झुल !”

किताबका पानामा हराउँदा–हदाउँदै पनि अचानक त्यो नयाँ झुलको चर्चाले केही पुराना कुरा सम्झाइदिए । दराजबाट आमाले त्यो भूmल झिक्दै ओछ्यानमा फिजाएझैँ गुम्सिएका याद मेरो स्मृतिमा फिँजिए ।
– – – – – – – – –
“कतिफोका उठेको मुखभरि ?”
“राम्र्रै हो नि काली, धेरै ह्यान्ड्सम भयो भने अरुले हेर्थे, अब हेर्दैनन्, तँलाइ फाइदा !”
“नचाहिने कुरा नगर न ! के भा’कोे ?”
“किसको दाग हो काली, लामखुट्टेको । तैँले माया गर्दिनस् अनि त्यै लामखुट्टे त हुन्छ नि रातभर ।”
“कति पटक भनिसकेँ एउटा झुल किन भनेर ! मेरो कुरा त माने पो है ?”
अलि बेर छेउमा बस्दा पनि मेरा हातमा सलबलाउन खोजेका उसका हात फेरि उसकै पुरानो जिद्दीका बाटोमा हिंडेका चाल पाइहालेँ । अनि फुत्किएर गएँ ग्याँस चुल्होतिर । जारको पिंधबाट जसोतसो जगमा हाल्दा पनि पुग्ने देखिनँ त्यो पानी मैले खाना पकाउन ।
“पानी सक्केछ त ! ल्याउनुपर्दैन ?”
“पैसा हुनुपर्यो नि ! मम्मीसँग कति मागँु ? साथीभाइसँग लियो, चलायो, सकेपछि फोन काट्दै बस्यो । पैसा नभएर पानी किन्न पा’छैन, तँ भूmलको कुरा गर्छेस् !”
पर्समा पाँच र दसका नोट र केही सिक्काबीच एउटा पचासको नोट झुल्कियो, पुस माघको जाडोमा घाम झुल्किए झैँ । कफ सिरप किन्न आमाले जिम्मा दिएको पैसा । उधारो यति थियो त्यो टोलमा उसको कि नोट नदेखेसम्म साहुनीले जेपनि ‘छैन’ भनि दिन्थिन् । एकातिर आमाको रोग थियो, अर्कोतिर ब्वाइफ्रेण्डको भोक । अहिले सम्झिँदा रिस जाग्छ, मैले ब्वाइफ्रेण्डलाई छानेँ ।
केही बेरको पर्खाइपछि ढोकामो आवाज सुनियो । त्यही जीवनसँग अभ्यस्त भइसकेकी म ढोका पछाडि उभिएँ, या भनूँ, लुकेँ सोही कुनामा लुकाइएका मेरा जुत्तासँगै ! ढोका आधी पनि नखोली चियाउँदै कुरा गर्न थाल्यो उ । पानीको जार आइपुगेको रहेछ । पैसा हातमा थमाएर लखेटेर ढोका लगाएपछि युद्ध मैदान शान्त भएर कतै डराएर लुकेको अबोध बालक निस्किएझैँ चुपचाप निस्किएँ म त्यो कुनाबाट ।
खै कस्ता, सायद ‘लिभिङ्ग टुगेदर’ भन्न सकिन्थ्यो तर बेग्लै थियो त्यो सम्बन्ध । कलेज सकाएर पुग्थें म उसको कोठामा । पहिले पहिले डर लाग्थ्यो तर पछि बानी नै बन्यो घरबेटीको आँखा छल्दै कोठासम्म पुग्नु । दिन त्यहीँ बित्थ्योे । पढाइ छोडेर घर बसेको अल्लारे प्रेमीको त्यो कोठाको गृहस्थी धान्ने अनुभव कमाएँ मैले टिनएज पनि नकट्दा ।
आफ्ना अभिभावकको समेत अधीनमा बाँच्न नसक्ने म माथि के टुनामुना गरिदिएको थियो कुन्नि उसले । कहिलेकाहीँ पछुताउँथेँ पनि आफ्नो स्वतन्त्रताको शोकमा । घरमा आफ्नो काम समेत नगर्ने म त्यहाँउसको जूठो भाँडा माझ्न पनि हिच्किचाउन छोडिसकिछु । म उसकी गर्लफ्रेन्ड हुँ भने यत्तिका महिनामा उसले कसैलाई चिनाएन, म ढोका पछाडिबाट उसका वार्तालाप सुनिरहँदा । तर मेरो फेसबुक उसैले चलाउँथ्यो । केटा मान्छेसँग ‘हाइ, हेलो’ गर्नु कस्तो हुन्छ, महिनौँ अघि बिर्सिसकेछु । मेरो जीवन उसैमा केन्दित भएछ थाहै नपाइ । अनौठो थियो त्यो नाता, कसैको रिस ममाथि पिटिदिन्थ्यो, रातभर रक्सीको मातमा फोनमा मुख छाडिरहन्थ्यो मलाई । प्रेमले किन त्यति अन्धो बनायो मलाई ?ससाना कुरामा झर्किने म त्यहाँ कसरी त्यति कमजोर बनेँ ?आफैँमाथि दया लाग्थ्यो ।
उसको एक गुनासो थियो, मैले उसलाई आपूmलाई छुन सम्मदिइन । एकै कोठामा भएर पनिकहिले उसले जबरजस्ती नगरेकोमा गर्व गर्थेँ कि सधैँ त्यही कुरा मागिरहने उसको बानीले दिक्क मान्थेँ, तर यसैगरी चल्थ्यो जीवन ।
ऐनामा आफ्ना मुखभरि डेरा जमाएका फोका हेर्दै मुख बँग्याउँदै थियो उ । मैले त्यही क्षण निर्णय लिएँ । उसलाई सप्राइज गिफ्ट दिनेछु, नयाँ भूmल ।
– – – – – –
सञ्जयको फोनसम्म पुग्दै बेवारिसे भएर फर्किए मैले गरेका ‘कल’का घण्टी । नुहाउन जाँदा त साथै लग्थ्यो फोन गीत सुन्न, सायद चार्जमा छाडेर हिँड्यो होला कतै । तर साथीआएको बेला साइलेन्टमा राख्छ उसले फोन । जाउँकिनजाउँभन्ने असमन्जसमै घरबेटीको आँखा छलेर ठूलो गेट खोलेँे । हातमा भूmन्डिएको प्लाष्टिकको झोला गेटको ह्यान्डलमा अल्झियो, बिस्तारै निकालेँ । प्वालैप्वालले बन्ने भूmलमा पनि प्वालपर्ला कि भनेर डराउनुपर्ने रैछ । ३५० बढीभयो या कम, थाहा छैन, तर मेरो लागित्यो अनमोल थियो । केही हप्ता खाजा नखाइ जम्मा गरेको पैसाले किनेको थिएँ मैले । एउटा प्लानथियो, झोलालुकाउँदै पस्ने, अनि उसलाई पसल पठाएर उ फर्केर आउन्जेल भूmलका चारै कुना ठिक ठाउँमा बाँधेर उसलाई सप्राइज दिने ।
सोचेँ, उसले झोला देखे सप्राइज त सप्राइज नै रहँदैन । सिँढीमुनि झोला राखेर बढेँ म उसको कोठातिर । भित्रबाट बन्द रहेछ सधैँ खुला रहने ढोका । सायद म आउने खबर नपाएर होला । यताउता हेरेँ कसैले देख्छ किभनेर, अनि ढक्ढकाएँ । आधी ढोकाखुल्यो र उ चिहायो । मलाई देख्दा उ यतितर्सियो मानौँ भूmल दिएर सप्राइज दिनुपर्ने जरुरत नै रहेन । हत्तपत्तबाहिर आएर ढोका लगाएर आफ्नो हाफ पाइन्ट र पसिनाले भिजेको नाङ्गो छाती लिएर उभियो उ मेरो सामु ।
“तँकिनआ’की?”
रिस त सधैँ देख्थेँ उसको, त्यो दिनभने उसको आवाजमा डर पनि सुनेँ मैले ।
झस्किएँ म । ढोका आधी खोल्नु, हत्तपत्तबाहिर निस्किएर चुकुल लगाउनु, त्यो सब त तब मात्रहुन्थ्यो जब उसको ढोका पछाडि हुन्थेँ म । तब के आज अरु कोही . . .?
उसको हात छुटाएर ढोकाखोलेर भित्रपुगेँ, नजर सिधै ढोका पछाडि । खालीथियो त्योठाउँ । तर जब आँखातल डुले, फेरि झस्किएँ । मेरो ठाउँ त कसैले लिएको थिएन, तर मेरा स्पोर्टस् सुजको ठाउँ एक जोर हाइहिलजुत्ताले लिइसकेका थिए ।
जब आँखा घुमाएँ, तब न सञ्जयको उपस्थिति याद भयो, न त त्यो अँध्यारो कोठा । मैले देखेँ त केवल त्यो शरीर, जो निर्लज्ज भएपनि लाज ढाक्ने असफल प्रयत्नमा सेतो सिरक बेरेर सञ्जयको खाटमा थियो । ती टोलाइरहेका आँखा पनि मजस्तै अलमलिएका थिए, फरक यत्तिकि म नाङ्गिएकी थिइँन ।
“के भयो सन्ञ्य, को हो ?” अचम्ममै उसल प्रश्न गरी ।
त्यो प्रश्न नसुनेर वा जरुरी नसम्झेर सञ्जय म तिर बढ्यो, सम्झाउन खोज्दै । तर सम्झाउन बाँकी के थियो र ? लाग्दै थियो म कुनै सत्य घटनामा आधारित सिरियल हेर्देछु वा आफँै पात्र छु कुनै चलचित्रको । अब क्यामरा देखिनेछन् र सबैले भन्नेछन् “एमटिभी बकरा !” अहँ, कुनै क्यामेरा देखिएनन् । तर “बकरा” सायद म बनिसकिछु ।
“हु इज सी ?”
“माइ गर्लफ्रेन्ड !”
“अनि म को ?”
“कोही पनि हैन ।”
आफ्नो अस्तित्वको जवाफयस्तो पाएँ मैले ।
कहाँबाट साहस आयो म भित्रउसलाई थप्पड लगाउने । हात समातेर रोक्दै भन्यो उसले “यु ह्याभ नो राइट अन मी !”
उसले यति रङ गरेको थियो कि छेवैको किचन टेबलबाट छुरी झिकेर उसलाई हाने पनि सायद त्यो राइट नै हुने थियो ।
अर्को थप्पड लगाएर दौडिँदै बाहिर निस्किएँ म । आँसु बग्ने तरखरमाथिए तर मलाई अरुको अघि रुनु थिएन । खाली बाटोमापुगेर आँसु बगाएँ तर दुःख बगेन । अब के ?रुन्छु बसमा, घरमा, सिरानी भिजाउँछु ? सायद मेरै दोष थियो कि मैले उसलाई शारिरिक सुख दिइँनभनेर आफैँलाई धिक्कार्छु ? त्यति कमजोर बनिसकेँ म ?
अचानक फर्किएँ म । थाहा थिएन सही या गलत, तर मसँग गलत भएको थियो । प्यासेजमा पुगेँ, ढोका फेरि बन्द भइसकेछ भित्रबाट । अब फरक पर्दैनथ्यो । सुटुक्क चुकुल लगाएँ बाहिरबाट ।अनि कहिल्यै नउक्लिएका भ¥याङ्गक ाती खुड्किलामा पाइला टेकेँ । माथिपुगेर ढोका ढक्ढक्याएँ र भेटेँ एक जोर अलमलिएका आँखा ।
“को . . . ?”
“आन्टी, तपाइँको तल्लो तल्लाको छेउको कोठामा बस्ने केटाले केटी ल्याउँछ कोठामा, गएर हेर्नु ।”
आन्टीले होश र चप्पल सम्हालुन्जेल म ओर्लिएँ तल । अब के हुन्थ्यो त्यो सँग मलाई मतलब थिएन । भ¥याङ्गबाट ओर्लिँदा अचानक सम्झिएँ त्यो झुल राखेको झोला । त्यो भूmल नभएत्यो दिन न म त्यहाँ पुग्ने थिएँ न केही थाहा पाउने थिएँ । खै किन त्यही एउटा साथीझैँ लाग्यो मलाई । अनि लिएँ त्यसलाई । त्यता आन्टीले चुकुल खोल्नु र कराउनु जस्ता गतिविधि भइरहँदा म धेरै पर पुगिसकेकी थिएँ ।
बसमा काखमा बसेको त्यो भूmल हेर्दे सोचें, के गर्नु यसलाई ? आमालाई नकिनिदिएको कफ सिरप सम्झेँ । सायद यो दिएर त्यो पाप कम हुन्थ्यो कि ? त्यो बैगुनी मायालाई जति हेर चाह मैले आफ्ना अभिभावकलाई दिएको भए सायद कदर हुनेथियो ।
आँसु बगेन खै किन । कति सम्बन्ध झुलजस्ता हँुदा रहेछन्, प्वालैप्वाल भरिएका, जतिमिहिनेत गरे पनि टाल्न नसकिने, तिनको अस्तित्व नै त्यहीप्वालमाहुँदो रहेछ ।
– – – – – – – – –
“त्यो झुल? सस्तो छ । कमसल होला ।”
“भए के त ? आफ्नो छोरीले ल्याएको झुल त च्यात्तिएकै पनि राम्रो हुन्छ ।”
म मुस्काएँ, हातमा नयाँ झुल सुम्सुम्याइरहेकी आमालाई हेरेर ।

0 comments:

Post a Comment