|
काठमाडौं पुस २३ – नव गठित नेकपा (माओवादी)सँग कति हतियार छन् होला ? एउटा सामान्य मानिसका मनमा यो प्रश्न स्वभाविक पनि छ । बैद्य नेतृत्वको माओवादीसँग छुट्टिएर अलग्गै पार्टी गठन गरेको माओवादीले छिट्टै हतियार उठाउने सकेंत जसरी गरेको छ, आम मानिसहरु हतियारको संशय त्यत्तिकै मात्रामा छ ।
हामीले केही समयदेखि विप्लबसँग संकलन भएका र हुन सक्ने हतियारका बारेमा विभिन्न स्रोत परिचालन गरेर बुझ्ने प्रयत्न गर्यो । हामीलाई प्राप्त विभिन्न सूचनाहरुको तथ्यांकले विप्लव नेतृत्वको माओवादीसँग लगभग ३००० थानभन्दा हतियार बढीको संख्यामा हतियारहरु छन् ।
०५२ सालमा तात्कालिन माओवादीले जनयुद्ध शुरु गर्दा जम्मा १ थान मात्रै राइफल थियो । त्यसको तुलनामा हालको विप्लव माओवादीसँगको हतियार तात्कालिन माओवादीले करिब ४ वर्ष लडेर ०५८ तिरको संख्याको हतियार हो ।
हुन त माओवादी नेता विप्लवले ‘मानिसहरुको दिमाग नै हतियार’ भएको कुरा यसअघि नै बताइसकेको छन् । हामीलाई प्राप्त सुचनाअनुसार हालको एमाओवादीले जनसेनालाई नेपाली सेनामा समायोजन गर्नेबेलैमा जनसेनाका असन्तुष्ट कमाण्डर तथा जनसेनाले व्यारेकको सुरक्षार्थ बाहिर राखिएको हतियार व्यारेकबाट बाहिर निकालेका थिए । सबभन्दा धेरै करिब १ हजारको संख्यामा पश्चिममा रहेका ३ वटा जनसेनाका व्यारेकहरुबाट निकालिएको छ ।
र करिब २ हजारको संख्यामा अरु आधुनिक हतियार विप्लब नेतृत्वको माओवादीसँग छ –जो त्यतिबेला हतियार प्रमाणिकरणमा लगिँदै लगिएन । ति ‘के पर्छ के’ भनेर राखिएका हतियारहरु समेत यतिबेला विप्लव नेतृत्वको माओवादीसँग छ ।
गाउँगाँउमा डम्प गरिएका हाइ एक्स्प्लोसिप (विस्फोटक पदार्थ) हरु समेत वैद्य नेतृत्वको माओवादी बन्दा उनको हातमा पुगेको थियो । देशभरका विस्फोटक पदार्थ संकलन गरेको भए करिब ५ हजार केजीभन्दा माथि हुन जान्छ । जो गाँउगाँउका प्रत्येक सेल्टर घरहरुमा डम्प गरिएको अवस्थामा थियो ।
यसरी हेर्दा नेकपा (माओवादी) सँग ०५८, ०५९ को माओवादीको जत्रो फौजी तागत आजैको अवस्थामा छ । यससम्बन्धि नेपाल प्रहरीको गुप्तचर विभागले समेत करिब यस्तै प्रकारको रिपोर्ट गृहमा पेश गर्दै यी हतियार टाउको दुखाइको विषय हुन सक्ने चेतावनि दिएको छ । विप्लव पक्षलाई पनि ‘थ्रेट’ मान्दै मंगलबार मात्र सुरक्षा परिषद्ले सेना परिचालन गर्नुपर्ने सुझावसहित मन्त्रीपरिषद्मा प्रस्ताव गरेको छ ।
नेकपा (माओवादी)सँग फौजी तागत मात्रै होइन राजनितिक तागत समेत ०५८/५९ कै माओवादीको हाराहारीमा छ । उसँग देशका ७५ जिल्लामा युद्धका लागि आवश्यक मजबुत संगठनहरु छन् । जसलाई पुनः युद्ध भएमा सेल्टर व्यावस्थापनका समस्या पर्ने छैन । किनभने करिब टोलटोलमा कुनै न कुनै सम्पर्क या सदस्यहरु हुनेछन् ।
हतियार र संगठनको मात्रै होइन माओवादी फौजी तालिम या जनशक्तिको कोणबाट समेत कमजोर हुनेछैन । उसँग हिजो युद्ध लडेका तथा तालिमप्राप्त जनशक्तिको एउटा ठूलो हिस्सा छ । जसले हिजोको माओवादीको जस्तो फौजी रणनिति र कार्यनीति अपनाउन रगत बगाएर या लडेरै सिकेजस्तो सिक्नपर्ने अवस्था छैन । उसको हालको फौजी सामाथ्र्यले मात्रै पनि करिब एकैदिन र शुरुकै दिन देशका ७५ वटै जिल्लामा ७५ वटै सापेक्षिक सफलतासहितको फौजी हमला गर्न सक्छ ।
समग्रमा नव गठित नेकपा (माओवादी)लाई कमजोर ठान्ने र ह्याउने भुल कसैले गर्न हुदैन । बाँकी कुरा दाङमा आजबाट चल्ने उसको राष्ट्रीय सम्मेलनले लिने निर्णय र नितिमाथि निर्भर रहने छ ।

0 comments:
Post a Comment