Friday, January 9, 2015

काठमाडौंमा अत्याधुनिक हतियारसहित दुई पक्राउ

सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौंको बागबजारबाट पुस २५ गते अत्याधुनिक हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सुनसरी महेन्द्रनगर गाविस ८ घर भई हाल काठमाडौंको सामाखुशी वस्ने २५ वर्षीय सागर थापा र रौतहट जिल्लाको रंगपुर गाविस ५ घर भई काडमाडौं बागबजार वस्ने २८ वर्षीय युवराज तिमल्सिना क्षेत्री छन्।

उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले इटालियन पेस्तोल एक थान, नाइन एमएम पेस्तोल एकथान तथा सोको एक राउण्ड गोली र एउटा म्याग्जिनसहित पक्राउ गरेको हो।

बरामद दुवै पेस्तोल अटोमेटिक टाइपका हुन्। दुईवटा मध्ये नाइन एमएम पेस्तोल भने लोड रहेको अवस्थामा पाइएको थियो।

विषेश सूचनाको आधारमा एपीएफ टोलीले उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र म्याग्जिनसहितै आवश्यक कारवाहीकेा लागि महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ। 

0 comments:

Post a Comment