Saturday, January 3, 2015

उत्तर कोरियाली नेता किम जोंगले आखिभौँ खौरिएपछि तहल्का

उत्तर कोरियाली नेता किम जोंग उनको आखिभौँले अहिले तहल्का मच्चाइरहेको छ । नयाँ वर्ष सन् २०१५ को उपलक्ष्यमा गरेको सम्बोधनका क्रममा उन लगभग पूरै आखिभौँ खौरिएको भेषमा प्रस्तुत भएपछि पश्चिमा मिडियाहरुले मसला पाए ।


सोसल मिडिया प्रयोगकर्ताहरुले किमको आखिभौँ असाधारण रुपमा खौरिएको र निकै थोरै मात्र आखिभौँ राखिएको विषयलाई निकै रोचक पारामा प्रस्तुत गरेका छन् । यसअघिका सार्वजनिक समारोहमा चुस्त तथा लामो आखिभौँमा देखिने किम यो पाला भने निकै सानो आखिभौँमा प्रस्तुत भए । श्रृंगारका क्रममा सायद उनको आखिभौँ बढि उखेलिएछ क्यारे । सन् १९९० मा किशोरीहरुमा चलेको निकै धेरै आखिभौँ थुत्ने फेसनलाई उनले अहिले लागु गरेको कतिपयले टिप्पणी गरेका छन् । कतिपयले भने किमको आखिभौँ समेत ह्याक भएको र लोप हुन लागेको भन्दै खिसीट्युरी गरेका छन् । बेलायती अनलाइन मेट्रो डट को अ्डट युकेका अनुसार यस्तो आखिभौँ हुनु किमका लागि दुखद खबर हो । किनकी अब त्यसरी उखेलिएका आखिभौँ पूरै पलाउन झण्डै ३ महिना लाग्नेछ । तर केही औषधि प्रयोग गरेमा भने उनको आखिभौँ छिटै पलाउने सल्लाह समेत उक्त अनलाइनले दिएको छ । 

0 comments:

Post a Comment