Wednesday, March 16, 2016

आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमान्लाई आफुभन्दा धेरै माया गर्थे

श्रीमान्ले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।
पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ । भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।


अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ । घरमा दुई सन्तानसहित जेठी श्रीमती हुदाहुदै खड्काले ढाटेर भित्राएकी उनले सुसाईड नोटिसमा आफुले श्रीमानलाई धेरै माया गर्ने तर श्रीमान्ले आफुले कमाएको पैसालाई मात्र माया गर्ने रहेछ र फोन गर्दा मार्ने धम्की दिएको उल्लेख गरेकी छिन् ।

श्रीमान्को दिदी वहिनीसमेत धम्क्याउदै कोठामा आएको लेखेकी उनले श्रीमान्ले ४ लाख रुपैया खाएको उल्लेख गरेकी छिन् । उनले सुसाईड नोटिसमा लेखेकि छिन् श्रीमान् सिद्धिकुमार खड्कालाई म आफु भन्दा पनि धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र माया गरेको रहेछ फोन गर्दा पनि मार्छु भनी धम्की दिनुहुन्छ । उसको दिदी वहिनी मलाई मार्छु भनी म बसेको कोठामा आको थियो । श्रीमान्ले मेरो ४ लाख रुपे खाको छ । मलाई फोन पनि गर्नुहुन्न । मैले फोन गर्दा उसको दिदीले मेरो भाइलाई नखोज तलाई मारेर फालीदिन्छु भन्छ । घरबेटी थापाका अनुसार केही समय अघि श्रीमान्ले एटिएमबाट एक लाख रुपैया निकालेर आफुखुसी गरेको गुनासो सुनाउदै सम्झाईदिन अनुरोध गरेकि थिईन् ।

बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा भेट भई उतै विवाह गरेर गएको दशैंमा गाईघाट आएको र दुई महिनादेखि त्रियुगा नगरपालिका २ गाईघाट बजारस्थित नारायण थापाको घरमा डेरा लिई बसेका थिए । 

0 comments:

Post a Comment