Thursday, March 17, 2016

दिल्लीबाट काठमाडाैं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम ! (फोटोसहित)

काठमाडाैं-भारतको राजधानी दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेका नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले नागरिकन्युजलाइ जानकारी दिए।


सुरक्षा अधिकारीहरूले एक घण्टासम्म जहाज रोकिने बताउँदै यात्रुलाइ जहाजबाट अोरालेका छन्। सुरक्षा घेरामा रहेको जहाज अासपास बम डिस्पोजल टोलि, कुकुरहरू र दमकल तैनाथ गरिएको जहाजमा रहेका यात्रु रूपेश रावलले नागरिकन्युजलाइ बताए। 'हामीलाइ जहाजबाट अोरालेर टाढै राखिएको छ, जहाजमा बम हुन सक्ने शंका छ। हामीलाइ के भएको भन्ने विवरण दिइएको छैन।' रावलले भने। 

0 comments:

Post a Comment