Monday, November 17, 2014

क-कसले बुझाए नेपाल सरकारलाई धेरै कर ?

१ मंसिर काठमाडौं । आन्तरिक राजस्व विभागले राज्यलाई धेरै कर तिर्ने संस्था र व्यक्तिको नाम सार्वजानिक गरेको छ ।

अायकर बढी तिर्ने डाक्टरहरूकाे सूचीमा डा. भाेला रिजाल  परेका छन् ।
कर दिवसका अवसरमा विभागले करमा ठूलो सहभागिता जनाउने करिब दुई दर्जन कम्पनीलाई साेमबार एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

 कार्यक्रममा आर्थिक वर्ष २०७०/०७१ मा सबैभन्दा बढी कर तिर्ने संस्थाहरुलाई सम्मान गरिएको हो । अर्थमन्त्री डा. रामशरण महतले धेरै कर तिर्ने विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरेका हुन् ।

क-कसले बुझाए धेरै कर ?


आव २०७०/०७१ मा टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल नेपाल प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नेमा परेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर नविल बैंकले तिरेको छ भने व्यापार-व्यवसायबाट सिप्रदि ट्रेडिङ प्रालिले बढी आयकर तिरेको छ ।

निर्यात व्यापारबाट बढी कर तिर्नेमा किरण सुज म्यानिफ्याक्चर प्रालि रहेको छ । त्यस्तै होटल सेवा मार्फत सबैभन्दा बढी आयकर सोल्टी होटलले तिरेको छ ।

छिमेकी लघुवित्त विकास बैंक सबैभन्दा बढी आयकर तिर्ने लघुवित्त कम्पनी घोषित भएको छ ।
स्वास्थ्य सेवातर्फ ओम अस्पताल एन्ड रिसर्च सेन्टर, पर्यटन उड्डेयन क्षेत्रबाट बुद्ध एयर, औषधी उद्योगबाट देउराली जनता फर्मासिटिकल्स, रेमिटान्स कम्पनीबाट इन्टरनेसनल मनि एक्सप्रेस (आइएमइ), लेखा परीक्षकबाट सीएससी एन्ड कम्पनीले बढी कर तिरेका छन् ।

त्यस्तै कानून व्यवसायीबाट पायोनियर एसोसिएट्स, शिक्षा सेवा शुल्कबाट काठमाडौं मेडिकल कलेज र चिकित्सकबाट डा. भोला रिजालले बढी आयकर तिरेका छन् ।
त्यसैगरी त्रिशक्ति ट्रेड सेन्टरले गत वर्ष सबैभन्दा बढी करमा सहभागिता जनाएको छ ।
कर संकलनमा सहयोग गर्ने संस्थाहरुमा उद्योग वाणिज्य महासंघ, नेपाल बैंकर्स संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) रहेका छन् । त्यस्तै डा. रुपबहादुर खड्का उत्कृष्ट कर विज्ञ घोषित भएका छन् ।

बढ्दाे करकाे दायरा


वर्षेनी करको दायरा फराकिलो हुन थालेकाे छ । २० वर्षअघि कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा करको योगदान ८ देखि ९ प्रतिशत मात्रै रहेको थियो । हाल जीडीपीमा करको योगदान १७ प्रतिशत पुगेको अर्थमन्त्री डा. रामशरण महतले बताए ।

मन्त्री महतले अर्थतन्त्र जति रुपान्तरित हुन्छ प्रत्यक्ष कर त्यति बढ्दै जाने बताए । करमा भएको वृद्धिका कारण वैदेशिक अनुदान माथिको परनिर्भरता घट्दै गएको महतको भनाइ छ।

0 comments:

Post a Comment