Wednesday, November 19, 2014

झिल्के गाडी नम्बर प्लेटको मूल्य ५ अर्ब

पत्याउनुहुन्छ ? कारको मूल्यभन्दा कारमा हुने नम्बर प्लेटको मूल्य झण्डै सय गुणा बढि । साँच्चीकै नपत्याउने कुरा भयो । हामीकहाँ त कार किनेपछि सरकारी निकायमा दर्ता गर्दा सवारी दर्ता शुल्क त लिइन्छ तर कारको नम्बर भने सित्तैमा पाइन्छ ।


नम्बर प्लेट बनाउन पसलमा दिँदा सानोतिनो रकम लाग्ला तर, कारको मूल्यको तुलनामा त्यो नम्बर प्लेटको मूल्य हात्तिको अगाडि कमिला जस्तै हो । तर, यो दुनियाँमा कारको मूल्यभन्दा त्यसको नम्बर प्लेटको मूल्य झण्डै सय गुणा बढि पर्छ । यो पत्याउनै नसकिने यथार्थ हो, कतारको ।

कतारमा निजि कारको नम्बर प्लेट करोडौँ रुपैयाँमा बिक्दैछन् । त्यहाँको ट्राफिक महानिर्देशनालयले १९ वटा निजि गाडि नम्बरलाई लिलाम बढाबढमा राखेपछि ती नम्बर लिन चाहनेको ओइरो लागेको मात्र छैन, लिलामीमा पैसाको खोलो नै बगाइएको छ ।

सरकारकै भाषामा ‘झिल्के गाडी नम्बर’ नाम दिइएका ती गाडी नम्बरलाई आफ्नो बनाउनका लागि करोडौँको बोली लगाइएको छ । ३३३३५५ नम्बरको नम्बरप्लेटलाई त एकजना क्रेताले २० करोड कतारी रियाल अर्थात् झण्डै साढे ५ अर्ब रुपैयाँको बोली लगाएका छन् ।

गएको नोभेम्बर ९ मा टि्वटरमार्फत खुल्ला गरिएको अनलाइन लिलामीमा १९ वटा नम्बर प्लेटलाई लिलामीमा राखिएको छ, जसमध्ये सबै गाडी नम्बरको अंक ३ बाट सुरु हुन्छ । झट्ट हेर्दैमा सम्झिन सकिने तथा विशेष जस्तो लाग्ने गाडीको नम्बर प्लेट तथा फोन नम्बर लिनका लागि खाडी क्षेत्रका देशका नागरिकहरु मरिहत्ते गर्छन् र त्यस्ता विशेष नम्बरलाई आफ्नो बनाउन जुनसुकै मूल्य चुुकाउन तयार हुन्छन् ।

गएको वर्ष युएइमा फोन नम्बरका लागि भएको यस्तै सार्वजनिक लिलामीले पनि निकै चर्चा भएको थियो । ७७७७७७७ नम्बरको उक्त फोन लिलाम बढाबढबाट एक जना मानिसले ७९ लाख दिराम अर्थात् झण्डै २२ करोड रुपैयाँमा किनेका थिए । त्यस्तै कतारको ओरेन्डु टेलिकमको ६६६६६६६ फोन नम्बर सन् २००६ मा ३६ लाख ५० हजार डलर अर्थात् ३६ करोड ३९ लाख रुपैयाँमा बिक्रि भई दुनियाकै सबैभन्दा महंगो टेलिफोन नम्बरको रुपमा विश्व किर्तिमान कायम गरेको थियो ।

समाचार अनुसार कतिपय मानिसले त यस्ता विशेष नम्बरहरु आफ्नो बनाउनका लागि ऋण खोजेरै भएपनि खर्च गर्छन् । तर, कतारमा भएको नम्बर प्लेटको पछिल्लो लिलामीमा सहभागी हुनेले भने यस्तो ऋण काढेर खर्च गर्नु सम्भव देखिँदैन । किनकी यसरी लिलाम जित्नेले दुई दिन भित्रैमा आफुले बोली लगाए बमोजिमको रकम तिरेर नम्बर प्लेट लिइसक्नुपर्नेछ । अन्यथा उसले मोटो रकम जरिवाना तिर्नुपर्ने छ । 

1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete