Monday, November 17, 2014

भारतको शेरवुड कलेजमा नेपाली विद्यार्थीको मृत्यु पछि तात्यो भारतीय मिडिया (भिडियोसहित)

नयाँ दिल्ली, मंसिर १ – भारतको नैनिताल स्थित शेरवुड कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु भएपछि अहिले भारतीय मिडियादेखि समाजिक सञ्जालमा त्यसले ठूलो चर्चा पाएको छ । १४ वर्षीय शान प्रजापतिको आमा निना श्रेष्ठले कजेजको लापरवाहीका कारणले आफ्नो छोराको मृत्यु भएको भन्दै कलेजविरुद्ध प्रहरीमा उजुरी हालेकी छिन् ।


शानलाई गत शुक्रबार नोयडाको एपोलो अस्पतालमा ल्याइएको थियो जहाँ उनलाई मृत घोषित गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ । अस्पताल स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले शानको मृत्युको कारण सेप्टिकेमा (रगतमा ब्याक्टेरिया छिरेपछि एक प्रकारको अवस्था जसलाई समयमा उपचार नगरिए घातक हुन सक्छ) भएको जनाएको छ ।

गौतमबुद्ध नगरका एसएसपी प्रितिन्दर सिंहका अनुसार स्कूलविरुद्ध लापरवाहीको उजुरी दर्ता गरिएको छ । शानको पोस्टमार्टम नोयडामा गरेर उजुरीलाई सम्बन्धित क्षेत्रको प्रहरीमा पठाइने उनले बताए ।
शान शेरवुडमा कक्षा ९ का विद्यार्थी थिए । उनका आमा निना श्रेष्ठ विश्व बैंकका कर्मचारी हुन् र काठमाडौंमा बस्छिन् । उनी सोमबार भारत पुगेकी थिइन् ।

निनाका अनुसार स्कुलले शानलाई नोभेम्बर १३ मा अस्पताल पाठएको बताए पनि नोयडा अस्पतालमा पुग्दा पनि शान स्कूलकै पोसाकमा थिए । ‘यदी अस्पतालमा भर्ना भएको भए उ अस्पतालले दिएको कपडामा हुनुपर्ने,’ उनले भनिन् ।
निनाका अनुसार गत नोभेम्बर १३ तारिख बिहान १० बजेतिर उनलाई शान बिरामी परेको जानकारी दिइएको थियो ।



‘मैले हेडमास्टरलाई फोन गरे तर कुनै जवाफ पाइँन,’ उनले भनिन् । जवाफ नपाएपछि उनले इमेल लेखेकी थिइन् । त्यसपछि ३ बजेतिर रवि कुमारले उनलाई फोन गरेर शान सिकिस्त बिरामी परेकाले हल्दवानीमा बम्बे अस्पतालमा भर्ना गरिउको जानकारी दिइएको र उनलाई बिहान त्यहाँ लगिएको जानकारी गराएको बताएकी छिन् ।

उनले आफ्नो उजुरीमा स्कुलका प्रिन्सिपल अमनदीप सान्धुले उनलाई फोन गरेर शानलाई उपचारको दिल्ली लान लागेको जानकारी गराएका थिए । सम्पूर्ण मेडिकल सेवा भएको एम्बुलेन्समा लाने भन्ने भएपछि मात्र उनले शानलाई दिल्ली लैजान दिन सहमत भएको प्रहरीलाई बताएकी छिन् । तर, एम्बुलेन्समा त्यस्तो केही पनि नभएको उनले आरोप लगाएकी छिन् ।

स्कुलको नर्सले हाउस मास्टरलाई नोभेम्बर ११ का दिन शान बिरामी भएको र दुई रातदेखि सुत्न नसकेको जानकारी गराएको उजुरीमा उल्लेख छ । तर हाउस मास्टरले एक दिन पर्ख भनेको बताइएको छ ।
यता सान्धुले भने सबै आरोपको खण्डन गर्दै शान पहिले पनि बिरामी परेको र उनलाई दमको रोग भएको बताएका छन् । ‘नोभेम्बर ११ मा उनी बिरामी परेपछि उनलाई स्कूलमै उपचार गरिउको थियो । त्यसपछि उनलाई हल्दवानीमा निजी अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ पनि केही प्रगति नभएपछि नोयडा लगिएको हो,’ उनले भने ।

0 comments:

Post a Comment