|
अब बाँचिन्छ होला, डाक्टरले भन्याछन्, फस्ट स्टेजमै छ अरे,' कुरा सुरु गर्नुअघि नै शान्ता चौधरी कसैलाई फोनमा जवाफ दिँदै थिइन्, 'मेरो त आँशु आ'छैन तपाई किन रुनुपर्यो त, क्यान्सर लाग्नासाथ मरिन्छ र?'
काठमाडौँ बसुन्धाराको साँघुरो गल्लीभित्रको एउटा घर। कोचाकोच पारेर सामानहरू थन्क्याइएको एउटा कोठा
। भुँइमा तीनजना किशोरहरू लहरै सुतेका थिए। भित्र पस्नासाथ भनिन्, 'गाउँबाट आएका हुन्, भिसा लगाउन।'
कात्तिक १५ गते दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालबाट काठमाडौं फर्किनुअघि शान्ता चौधरीले आफ्नो फेसबुकमा लेखेकी थिइन् 'एउटा तारेख सकियो, अझै कति तारेख धाउनुपर्ने हो?' हो, यसरी नै जीवनमा उनले धेरै'तारेख' झेलिरहेकी छिन्, अझैँ झेल्दैछिन्।
२०३७ सालमा जन्मिएकी उनलाई रमाइलोसँग बिताउनुपर्ने आठ वर्षकै उमेरमै जमिन्दारको घरमा बुझाइयो, उनी कम्लहरी भइन्। जिन्दगीका अठार वर्ष उनले जमिन्दारको घरमा बिताइन्। उनका बाजे पनि कमैया थिए, बाबु, आमा अनि उनीमात्रै होइन, उनका ६ वटी दिदी बहिनी सबै कम्लहरी।
१५–१६को बैंश भर्खरै फुल्दै थियो, बिहे भयो। उनले आफै मन पराएर पनि होइन, बाबुआमाले मागिदिएको पनि होइन, जमिन्दारले खोजेर ल्याइदिएका रे! 'त्यसो गर्दा जमिन्दारलाई काम गराइरहन सजिलो हुन्थ्यो, फकाई–फुल्याई जमिन्दार आफैँले बिहे गराइदिन्थे,' शान्ता मन्द मुस्कान ओंठमा नचाउँदै थिइन् त्यो विगतमा पुग्दा, 'त्यसलाई के भन्ने? मागेको बिहा कि माया प्रिति गरेर!'
आफ्नो जग्गा जमिन थिएन। पुस्तै सुकुम्वासी। दाङ लक्ष्मीपुर गाविसमा उनका बाजेले गाउँकै जमिन्दारको जग्गामा सानो छाप्रो बनाएका थिए। बाउको पुस्ता पनि उस्तै।
उनीहरू जमिन्दारको जग्गामा बस्थे, अनि उनीहरूकै जग्गा जोत्थे। अँधियार पनि, जग्गामा घर बनाएर बसेका पनि, त्यो बेलाका जमिन्दारलाई के चाहियो? घरका परिवार जति सबै कमैया र कम्लहर, शान्ता मात्रै कसरी बचून्!
बिहेपछि पनि कम्लहरी नै थिइन्। गर्भमा बच्चा थियो। तैपनि उनीहरू जमिन्दारकै घरमा थिए, लोग्नेस्वास्नी दुवैजना। एकदिन दुवैले सल्लाह गरे, 'अब आफ्नै घर बनाम्।' नजिकैको एउटा बनको एउटा छेऊमा झार जंगल फाँडेर एउटा छाप्रो हाले।
त्यो बेला पनि उनीहरू जमिन्दारकै घरमा कमैया थिए। अरु केही उपाय थिएन। जवर्जस्ती कमैयाहरूले घर छोडेकाले जमिन्दार रिसाएका थिए। घरमा भाँडा माझ्ने, कमैया–कम्लहरीको आफ्नो छुट्टै घरसंसार बस्न थालेको कति जमिन्दारलाई पो पच्ला र?
त्यो सायद, २०५४ सालतिर थियो। उनी सुत्केरी भएकी थिइन्। छोरो १९ दिनको मात्रै थियो। लोग्ने जमिन्दारकै घरमा काम गर्न गएका थिए। एक हूल मान्छे आए, त्यो छाप्रोमा आगो सल्काइदिए।
छोरोलाई काखमा लिनमात्रै पाइन् राम्रोसँग हेर्न नपाउँदै त्यो छाप्रो एकैछिनमा खरानी भइसकेको थियो। साँझसम्मै कुरिन्, लोग्ने पनि फर्किएनन्। केही दिनपछि थाहा भयो, पुलिसले लगेछन्। आरोप थियो 'सरकारी रुखहरू काटेर बनको जग्गामा घर हालेको।' जमिन्दारले नै गाउँलेलाई उस्काएछन्, प्रहरीलाई भनिदिएछन्।
धेरै दिन भइसकेको थियो, खाना खान नपाएको सुत्केरी शान्ता चौधरीको दुध रसाएन। त्यो दूधे बालकले के खाओस्? छोरो काखैमा मर्यो।
'अहिले क्यान्सर भएको त्यसैले पनि हो कि जस्तो लाग्छ,' आफ्नो देव्रे स्तनतिर संकेत गर्दै उनले भनिन्।
'छोरो मरिसकेको थियो, दुध चुसाउन पाइएन, पछि त्यो दुधलाई निचोर्दै फालेको त थिएँ,' उनलाई शंका छ 'त्यै बेला दुध गानिएर गाँठागुठी निस्किएको होला।'
२०६३ सालमा जे पर्ला पर्ला भनेर जर्वजस्ती जमिन्दारको घरमा काम गर्न छाडे उनीहरूले। श्रीमान् 'इण्डियन लाउरे' भए।
गाउँमा अलिअलि आन्दोलन चल्दै थियो, भूमिहीनहरूको नाममा। शान्ता त्यसैमा लागिन्। गाउँमा सबैले भन्थे 'शान्ता थरुनी बिग्रिई, छोराछोरी मारेर नेता बन्दैछे।'
समाजको त्यो लाञ्छनाले उनलाई कत्तिपनि बिचलित पारेन। 'मलाई एक चम्चा तेल पनि पैंचो दिँदैनथे, तर आन्दोलनमा लागेपछि आफ्नै जग्गा पाइन्छ, आफ्नै घर हुन्छ अनि कसैले आगो लगाउन सक्दैन भन्ने सोंचिरहन्थेँ,' उनको एउटै सपना थियो, 'आफ्नै जग्गामा घर बनाउने, जसलाई कसैले आगो लगाउन नसक

0 comments:
Post a Comment