Wednesday, November 5, 2014

अष्ट्रेलियाकी एक ३६ वर्षीया महिलाले अहिलेसम्म दश हजार मानिसहरुसँग सम्भोग गरेको दाबी

अष्ट्रेलियाकी एक ३६ वर्षीया महिलाले अहिलेसम्म दश हजार मानिसहरुसँग सम्भोग गरेको दाबी गरेकी छिन् ।डेली मेलको खबर अनुसार अष्ट्रेलियाकी देहव्यापारी ग्वेनेथ मोन्टेनेग्रोले अहिलेसम्म १०,०९१ पुरुषहरुसँग सेक्स गरिसकेकी छिन् ।


यद्यपी ग्वेनेथले अहिले यो काम छोडिसकेकी छिन् तर उनले जे गरिन् त्यो सायदै कसैले गर्नसक्ला ।देहव्यापारीको पहिचानले काम गर्ने ग्वेनेथ १६ वर्षको हुँदा एक सामूहिक बलात्कारको शिकारी बन्न पुगेकी थिइन् । त्यसपछि उनी डान्सर बनिन् । उनी २१ वर्षको उमेरमा वेश्यावृत्तिको दलदलमा फसेकी थिइन् । उनी एक घण्टाको तीन हजारदेखि सात हजारसम्म ग्राहकहरुबाट लिने गर्दथिन् । 

उनी यो कामको दौरान लागुपदार्थ र रक्सीको लत बेस्सरी फसेकी थिइन् ।ग्नेवेथले यी सबै कुराहरु एउटा किताबमार्फत सार्वजनिक गरेकी छिन् । एक क्रिश्चियन परिवारमा जन्मेकी ग्वेनेथ नाइट क्लबमा डान्सर थिइन् । उक्त किताबमा उनको पहिलो सेक्सको बारेमा पनि जानकारी दिइएको छ । किताबमा लेखिएको छ, ‘ मैले पहिलो पटक सेक्स गर्नुभन्दा पहिले निकै धेरै रक्सी पिएको थिएँ । 

मलाई पहिलो रातको ६० हजार डलर दिइएको थियो ।’वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको देशमा ग्वेनेथ काम गर्न चाहन्थिन् । यो काम गर्दा उनले आफ्नो असली नाम कसैलाई पनि दिइनन् । उनले विश्वका चर्चित नेता, वकिल, कलाकार, संगीतकारहरुसँग रात बिताएको बताएकी छिन् । यो काम गर्दा उनलाई निकै महँगा कार र लुगाहरु उपहारस्वरुप दिइएको थियो ।

0 comments:

Post a Comment