Wednesday, November 12, 2014

पारस शाह फेरि थाइ प्रेमिकाको शरणमा

२६ कात्तिक, काठमाडौं । थाइल्याण्डमा लागू औषध मुद्दा खेपिरहेका पूर्व युवराज पारस शाहले आफ्नी प्रेमिका कन्निका चाइयासार्नप्रति आफूले अनावश्यक शंका गरेको भन्दै सार्वजनिक रुपमा माफी मागेका छन् ।


उनले आफूलाई नेपाल फर्किन नदिन सक्रिय परिवारकै सदस्यहरुले कन्निकासँग झगडा गराएर जेल पठाउन खोजेको दावी गरेका छन् ।  ‘मेरो एकमात्र साक्षी मेरी महिला कन्निका हुन्, उनले साक्षी नबक्ने हो भने म जेल जाने निश्चित थियो’ पारसले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
पारसले परिवारका सदस्यसहित केही मान्छेले आफूलाई नेपाल फर्किन नदिन षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

परिवारकै सदस्य र शाही खानदानको व्यापार सम्हालिरहेका व्यक्तिले आफूलाई नेपाल फर्किनबाट रोक्न प्रेमिका कन्निकासँग दुश्मनी गराउन चाहेको दावी समेत पारसले गरेका छन् ।  ‘यदि उनले मेरो लागि समस्या सिर्जना गरेकी हुन्थिन् भने उनी आफैं पनि समस्यामा पर्थिन् । उनले त्यस्तो गर्ने सक्दिनन् किनभने उनले मलाई फुकेटदेखि चियाङ माईसम्म कहिल्यै साथ छाडेकी छैनन्’ पारस लेख्छन्-‘ यदि मलाई साँच्चिकै समस्या पार्ने थिइन् त उनले भाग्नुको साटो फुकेटबाट किन मलाई अस्पतालमा लिएर जान्थिन् ?’
उनले आफूलाई हृदयघात भएर मृत्युमा पुगेका बेला प्रेमिकाले अस्पताल लगाएर बचाएको भन्दै उनी बिना आफू नबाँच्ने बताएका छन् ।

पारस फेसबुकमा लेख्छन्-‘मेले चिकेन पकाउन चाहेपछि सुनिल खड्का उसकी श्रमतीसंग चिकेन किन्न गएको थियो । पछि कन्निकाले फोन गरेपछि ऊ साथीहरु सहित अस्पतालमा आएको हो ।’
पारसले अघिल्लो फेसबुक स्टाटसमा आफ्नी प्रेमिकाको नियतमा गलत शंका गरेर ठूलो भूल गरेको बताएका छन् । ‘मैले कहिल्यै आफ्नो हृदयलाई सुन्नै सकिन, उनी मेरो हृदयमा थिइन्, मैले मान्छेहरुलाई विश्वास गरेँ । जो मलाई नेपाल नफर्कियोस् भन्ने चाहन्छन् ।’

एक साताको निकै कठिन सोचाइपछि आफू प्रेमिका कन्निकाबाट आफूमाथि धोखा नभएको र नहुने निष्कर्षमा पुगेको पारसले उल्लेख गरेका छन् । ‘उनका कृयाकलाप आफैं बोल्छन् ठूलो स्वरमा, उनले केही बोल्ने पर्दैन’-पारसले भनेका छन् ।
आफूले अघिल्लो पोष्ट निकै तनाव र दबावमा लेखेको भन्दै पारसले दुई सातसम्म एक्लै बस्दा दिमागमा धेरै कुरा खेलेको बताएका छन् । उनले अघिल्लो साता आफूलाई प्रेमिकाले नै फसाएको आशंकासहितको स्टाटस लेखेका थिए ।

पारसले आफूलाई फसाउन कुनै शक्तिशाली र साधन स्रोत भएको व्यक्तिले प्रहरी परिचालन गरेको आशंका गरेका छन् ।
तर, ती दुवै चीज कन्निकासँग नभएको र उनीसँग आफ्नो जीवन सहज रुपमा अघि बढेको पारसले लेखेका छन् । ‘म विनम्रतापूर्वक माफी माग्न चाहान्छु मेरो गल्तिप्रति । उनी एकमात्र यस्तो व्यक्ति हुन् जसले हामी सँगै हुनुको वास्तविकता थाहा पाउछिन्’ पारसले लेखेका छन् ।
पारसले आफूमाथि किन यस्तो आइपर्‍यो र प्रेमिकासँग किन फाटो पार्न खोजियो भन्ने बारे पनि सोचिरहेको बताएका छन् ।

पूर्व युवराज पारसले नोभेम्बर ११ आफ्नो लागि निकै अर्थपूर्ण रहने गरेको पनि खुलाएका छन् । ‘त्यहि दिन मेरी छोरी पूणिर्का जन्मिएकी हुन्, त्यहि दिन चितवन काण्ड -रुवेल चौधरीमाथि पेस्तोल ताकेको प्रकरण) र त्यहि दिन म र मेरी प्रमिका ज्यान जोगाउन भाग्नुपरेको थियो’ उनले भनेका छन् ।
उनले यो सबै प्रकरणमा परिवारका सदस्यको हात हुन सक्ने दाबी गरेका छन् । ‘मेरो परिवारका सदस्य अथाव ती मान्छे जसले पाउनु धेरै छ तर, गुमाउने कमी छ तिनीहरुलाई म फर्किनँ भने राम्रो हुन्छ’ उनले पहिलो संकेत गरेका छन् ।

दोस्रो संकेत उनले सम्भवतः ज्वाइ राजवहादुर सिंहतिर इंगित गरेका छन् । पारस पेसबुकमा लेख्छन्-त्यो व्यक्ति जसले यसअघि नै हाम्रो सबै पारिवारिक व्यापार हात पारेको छ, यदि म फर्केँ भन ऊ वा उनी त्यसमा हुने छैनन् ।

0 comments:

Post a Comment