Saturday, November 8, 2014

विश्वविद्यालयको दीक्षान्त समारोहमै युवतीले स्तनपान गराएपछि हंगामा

विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिएकी एक २४ वर्षीया युवतीले बच्चालाई स्तनपान गराइरहेको खाँटी तस्वीर फेसबुकमा अपलोड भएपछि त्यो भाइरल बन्यो ।


त्यो तस्वीर कोही पापाराजीले खिचेर पोष्ट गरेको होइन, विश्वविद्यालय आफैले आधिकारिक रुपमै फेसबुकमा पोष्ट गरेको हो । स्तनपान गराउने आमाले विश्वविद्यालयले आफ्नो पढाइमा गरेको सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् ।

घटना अस्ट्रेलियाको हो । ब्रिसबेनको सनसाइट कोस्ट विश्वविद्यालयबाट स्नातक उत्तीर्ण २४ वर्षीया ज्याकी शार्केले दीक्षान्त समारोहकै पोषाकमा आफ्नो ६ हप्ताको छोरा एल्कलाई स्तनपान गराइन् र सोही पोजमा तस्वीर समेत खिचाइन् ।

उक्त तस्वीरलाई ज्याकीकै अनुरोधमा विश्वविद्यालयले फेसबुकमा पोष्ट गर्यो । सोमबार अपलोड भएको उक्त तस्वीरमा अहिलेसम्ममा २ लाख भन्दा बढि लाइक र हजारौँ शेयर भएका छन् । दुई छोराकी आमा शार्केको जेठो छोरा पनि उनले यहीँ विश्वविद्यालयमा पढाइ सुरु गरेपछि जन्मिएको थियो, जुन २० महिनाको भएको छ ।

विश्वविद्यालयबाट दीक्षित भएपछि शार्केले आफ्नो स्तनपानको तस्वीर तथा सन्देश विश्वविद्यालयलाई पठाउँदै उक्त सन्देश र तस्वीर फेसबुकमा अपलोड गरिदिन अनुरोध गरिन् । उनले बिजनेस, मानव संसाधन व्यवस्थापन र बजार व्यवस्थापन विषयमा स्तानक उत्तीर्ण गरेकी हुन् ।

अन्य आमाहरुलाई आफ्नो अध्ययनलाई निरन्तरता दिन उत्प्रेरित गर्नका लागि आफुले यस्तो स्तनपानको तस्वीर शेयर गरेको उनी बताउँछिन् । सदियौँदेखि महिलाले गर्दै आएको कुरा आफुले नलुकाउने भन्दै उनले स्तनपानको उक्त तस्वीरको उद्धेश्य भनेको आमाहरुलाई उत्प्रेरणा दिनु रहेको दाबी गरिन् ।

शार्केका पति क्रिसले पनि दुई बच्चा भएकी आफ्नी श्रीमतीको पढाइमा खुबै सहयोग गरेका छन् ।
उनको स्तनपानको तस्वीर फेसबुकमा शेयर भएपनि धेरैले यसलाई उनको साहस तथा संघर्षको रुपमा प्रसंसा गरेका छन् भने कतिले आलोचना पनि ।

फेसबुकमा कमेन्ट गर्नेमध्ये एक जनाले भनेका छन्, ‘स्तनपान निकै सुन्दर नीजि काम हो जसलाई सार्वजनिक रुपमा शेयर गर्नु आवश्यक छैन । कतिपयले भने उनको कामको चर्को आलोचना गर्दै भनेका छन्, ‘पिसाब फेर्ने, दिसा गर्ने काम पनि प्राकृतिक काम नै हुन् । के त्यसो भन्दैमा अब यी काम पनि सार्वजनिक रुपमै गर्ने ? तपाईंलाई चाहिँ के लाग्छ ? स्तनपानको तस्वीर सार्वजनिक गर्नु सही थियो वा गलत ?

0 comments:

Post a Comment