Sunday, November 2, 2014

नेपाल र भारतवीच तीनवटा रुटमा सिधा बस सेवा सञ्चालन हुने

१६ कात्तिक, काठमाडौं । नेपाल-भारतबीच तीन रुटमा बस सेवा सञ्चालन हुने भएको छ । दुवै देशका उच्च सरकारी अधिकारीहरुवीच हालै भएको सहमतिअनुसार अब काठमाडौं-दिल्ली, दिल्ली-पोखरा र काठमाडौं-बाराणसी रुटमा दैनिक बससेवा संचालन हुने छ ।


भारतीय यातायात मन्त्रालयका उच्च अधिकारीको हालै काठमाण्डौ भ्रमणका क्रममा यी तीन रुटमा बस सेवा सञ्चालन गर्ने सहमति भएको बताइएको छ ।

सार्क शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डौ आउँदा सम्झौतामा हस्ताक्षर हुने टाइम्स अफ इन्डियाले जनाएको छ । सम्झौतालगत्तै सेवा सुरु गर्ने गरी दुवै देशले तयारी थालिरहेका  छन् ।
द्वीपक्षीय सम्झौतामा हस्ताक्षरपछि मानिसहरुले बस परिर्वतन नगरी सहज रुपमा यात्रा गर्न सक्नेछन् ।

यसका लागि हामी लामो समयदेखि काम गरिरहेका थियौं’ एक भारतीय अधिकारीले टाइम्स अफ इण्डियासँग भने । तीन रुटमध्ये सबैभन्दा लामो रुट दिल्ली-काठमाडौं हुनेछ । १ हजार ५८ मिलोमिटर लामो यो रुटको यात्रा झण्डै १६-१७ घन्टा हुनेछ । काठमाण्डौ-वाराणसी रुट सवैभन्दा छोटो अर्थात् करिव ७-८ घण्टाको हुने छ । तीनवटै रुटमा दुवै देशले सुबिधासम्पन्न ‘सुपर लक्जरी बस’ सञ्चालन गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदी सार्कका लागि नेपाल आउनुअघि भारतीय यातायातमन्त्री नितिन गडकरी पनि आउने बताइएको छ । सार्क सम्मेलनमा सहभागी मोदी नोभेम्बर २५ तारिखमा काठमाण्डौ आउँदैछन् ।
यसअघि नेपालले बिभिन्न १९ वटा रुटमा नेपाल-भारतवीच बस सेवा संचालनको प्रस्ताव गरेको थियो । अन्त्यमा तत्कालका लागि तीनवटा रुटमा दुवै देशवीच सहमति जुटेको हो ।

भारतीय पक्षले राज जानकी मन्दिर रहेको जनकपुरको बाटो बनाइदिने समेत प्रस्ताव गरेको समाचारमा जनाइएको छ । यसैवीच पहिलोपटक भारतको उडिसाबाट काठमाण्डौको पशुपतिनाथसम्म कार र्‍याली आयोजना गरिने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार आगामी बर्ष आयोजना गर्न लागिएको यसप्रकारको पहिलो र्‍याली दिल्ली पुगेर समापन हुने छ ।

0 comments:

Post a Comment