Monday, February 9, 2015

उच्च रक्तचापको समस्याबाट पीडित हुनुहुन्छ? यो सरल उपायहरु अपनाउनुहोस् !

(एजेन्सी) पछिल्लो समय उच्च रक्तचापको समस्या मानिसहरुमा बढ्दो छ । यदी तपाईं पनि यस समस्याबाट पीडित हुनुहुन्छ भने निम्न उपायहरु अपनाउन सक्नुहुन्छः


हप्तामा एक घण्टा कुद्ने हो भने पनि त्यसले मानिसको आयुलाई ६ वर्ष बढाउने विभिन्न अध्ययनहरुले दाबी गरेको छ । शोधकर्ताहरुका अनुसार कुद्नुको विभिन्न स्वास्थ्यसम्बन्धी फाइदाहरु रहेका छन् । जसमध्ये शरीरले अक्सिजन लिने मात्रा बढाउने र रक्तचाप घटाउने पनि रहेको छ । हप्तामा एक पटक एक घण्टा कुद्दा पनि यसले तपाईंको मुटुलाई दह्रो बनाउन मद्दत गर्छ जसले कम मिहिनेतमा नै यसले रक्तसञ्चार गर्न सक्छ । यसरी आर्टरीमा कम चाप पर्छ र रक्तचाप कम हुन्छ ।
२) दही खानेः
दैनिकरुपमा एउटा सानो कचौरामा दही खायो भने पनि त्यसले रक्तचापको संभावनालाई एक तिहाई कम गर्छ । वैज्ञानिकहरुका अनुसार दहीमा पाउने क्याल्सियमले रक्तनलीहरुलाई केही मात्रामा फैलिन मद्दत गर्छ जसले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
३) केरा खानेः
केराजस्तै पोटासियमको मात्रा धेरै पाइने खानेकुरा खाँदा रक्तचापका रोगीहरुलाई निकै फाइदा गर्छ । पोटासियमले शरीरको तरल पदार्थको मात्रालाई नियन्त्रण गरी रक्तचापलाई नियन्त्रण गर्छ । कम्तीमा पाँच वटा केरा खाने गर्नुहोस् ।
४) नुन कम खानेः
नुनले रक्तचाप बढाउने गर्छ । यसमा घरमा तरकारीमा हाल्ने नुनभन्दा पनि प्रशोधन गरिएको नुन जस्तै तयारी खानेकुरामा बढी ध्यान दिनुपर्छ । किन भने तयारी खानेकुराबाट हामीले खाने ८० प्रतिशत नुन आउँछ ।
५) तौल घटाउनुहोस्ः
विभिन्न अध्ययनले केही किलोग्राम तौल बढ्दा पनि रक्तचापमा ठूलो असर पुग्छ । धेरै तौलको अर्थ मुटुले बढी काम गर्नुपर्छ जसले रक्तचाप बढाउँछ ।
६) काम कम गर्नेः
नियमितरुपमा हप्तामा ४० घण्टा वा सोभन्दा बढी काम गर्ने हो भने त्यसले हाइपरटेन्सन बढाउँछ । जुन उच्च रक्तचापको प्रमुख कारण हो ।
७) चुरोट नखानेः
चुरोटमा भएको निकोटिनले हाम्रो शरीरमा भएको एड्रेनलिनको मात्रा बढाउँछ । यसले मुटुको रफ्तार बढ्छ र रक्तचाप पनि बढ्छ ।
८) घुर्नुहुन्छ भने उपचार गर्नुहोस्ः
ठूलो आवाजले घुर्नु भनेको अबस्ट्रक्टिभ स्लिप एपनियाको संकेत हो । उच्च रक्तचाप हुनेमा यस्तो समस्या देखिन्छ ।
९) कफी कम खाने
कफीमा रहेको क्याफिनको मात्रा ५०० मिलिग्राम भयो भने त्यसले रक्तचापलाई ३ अंकले बढाउँछ । सकेसम्म कम कफी खाने ।
१०) सलगम खानेः

दैनिक रुपमा २५० मिलिलिटर सलगमको जुस खाने हो भने यसले रक्तचापलाई ७ प्रतिशतले कम गर्छ । यसमा पाइने नाइट्रेटले प्राकृतिक रुपमा रक्तचापको नियन्त्रण गर्छ ।

0 comments:

Post a Comment