Monday, February 9, 2015

प्रपोज धेरैले गर्छन् तर विवाहीत भनेर टार्छु : रक्षा श्रेष्ठ

नेपाली दर्शकको मन जितिरहेको बेला नेपाली टेलिभिजनमा आफ्नो छुट्टै स्थान बनाएको छ नेपाली हाँस्य टेलिसिरियल ‘भद्रगोल’ ले । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ प्रसारण हुने ‘भद्रगोल’ को डाइलगहरु मानिसको मुखमा झुन्डिन थालेको छ । सिरियलकै चर्चित पात्र मध्ये एक हुन् रक्षा श्रेष्ठ । ग्रामिण भेगको युवतीको भूमिका निर्वाह गरेकी रक्षा श्रेष्ठ काठमाडौं चावहिलकी बासिन्दा हुन् । सुजन पन्तले रक्षा श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश:

आज भोली के गर्दै हुनुहुन्छ ?
भद्रगोलको सुटिङमा व्यस्त हुन्छु । त्यसपछि केही विज्ञापनहरु गर्नमा व्यस्त छु ।
भद्रगोल एकाएक चर्चामा आयो नि, यसमा तपाईलाई कस्तो लाग्छ ?
एकदम खुसी लागेको छ । मलाई धेरै मान्छेहरुले चिन्न थालेका छन् भद्रगोलको रक्षा भनेर । अहिले जसको पनि मुखमा भद्रगोलको डाइलग सुन्छु, खुसी लाग्छ । बाटामा हिँड्दा पनि रक्षा भनेर बोलाउँदा धेरै खुसी लाग्छ ।
आजभोली बढी समय केलाई दिनुहुन्छ ?
बढि समय केलाई दिने भन्ने नै हुँदैन् । हप्ताको एकदिन भद्रगोलको सुटिङ हुन्छ । त्यो दिन भद्रगोलको सुटिङमा व्यस्त हुन्छु । एउटै कामलाई मात्र समय दिइराखेको छैन् । जतिखेर काम आउँछ त्यतिखेर समय दिइराखेको छु ।
rakshya-1
केटाहरुले प्रपोज राख्छन् कि राख्दैनन् नी ?
प्रपोज त राख्छन्, आउँछ ।
अनि प्रपोजलाई स्वीकार्नु हुन्छ कि नाईं ?
नाईं म विवाहित हुँ भनेर भन्दिन्छु ।
तपाईंको जीवनको सबैभन्दा खुसीको क्षण ?
म खुसी त सधैं छु । तर पनि म अझ मिडिया क्षेत्रप्रति लागि सकेपछि अवश्य नै खुसी छु । विज्ञापन गर्दा पनि खुसी नै छु । तर, भद्रगोल खेल्न थालेपछि, चिन्नथालेपछि ऊ रक्षा आइ भन्छन् । भद्रगोल खेलेपछि नै म सबैभन्दा बढी खुसी छु । त्यही भएर मेरो पहिलो प्रथामिकता भनेको भद्रगोल नै हो ।
धेरैले तपाईंलाई राम्री भन्छन् । आफूलाई चाहीँ कस्तो लाग्छ ?
मेरो नजरमा म पनि राम्री छु जस्तो लाग्छ । (हाँसो….) अलिकति हाइट चाँहि पुगेनजस्तो फिल हुन्छ । ५.५ इन्च हाइट छ मेरो । अलिकति १/२ इनचजति हाइट बढे राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
मासिक रुपमा कति कमाई हुन्छ ?
मैले शुरुमा भद्रगोल पैसा बिना काम गरेकी हुँ । अहिले भने केही पारिश्रमिक पाउँछु । अहिले मेरो विज्ञापनमा त राम्रै छ । एउटा विज्ञापन गरेबापत कम्तीमा ५ हजारदेखि २० हजारसम्म विज्ञापन गरेकी छु ।
सबैभन्दा बढि कुन कम्पनीको विज्ञापनबाट बढि रकम पाउनुभयो ?
इलाममा टोकला चियापतिको कार्यक्रम हुँदा ।
अहिलेसम्म कतिवटा विज्ञापन गर्नुभयो ?
२१ वटा ।
पुख्र्यौली घर चाँही कता हो ?
सिन्धुपाल्चोक, बाह्रबिसे ।
घर परिवारमा कति जना छन् ?
चार जना ।
को–को हुनुहुन्छ ?
बाबा, ममी, दाई र म ।
कतिमा पढ्दै हुनुहुन्छ ?
१२ पास गरेर बसेको छु ।
कता पढ्नुभएको हो नि १२ ?
गाउँकै कलेजमा पढेको हो ।
अब ब्याचलरको लागि कुन कलेजमा भर्ना गर्ने सोचमा हुनुहुन्छ ?
यसमा अहिले कुनै पनि सोच गरेकी छैन् । हेरुम के हुन्छ ।
बिहान कति बजे उठ्नुहुन्छु ?
भद्रगोलले गर्दा ५ बजे नै बिउँझिन्छु, तर जाडो भएकाले ओछ्यानबाट चाँही ५ नै बजे उठ्दिन ।
कतिको खर्चालु हुनुहुन्छ ?
कुरै नगरुम खर्चालुको त । हातमा पैसा हुनासाथ सपिङ ।
सपिङ गर्न चाँही कता जानुहुन्छ ?
खास यहीँ भन्ने छैन । प्रायः जसो बौद्धमा अलि बढि जान्छु ।
सबैभन्दा मंहगो कतिसम्मको सपिङ गर्नुभएको छ ?
एघार हजारको साडी किनेकी छु ।

0 comments:

Post a Comment