Tuesday, February 10, 2015

अनौठो बोनस- पोर्नस्टार सँग एक रात बिताउन दिने

कुनै कम्पनी नाफामा गएमा आफ्ना कर्मचारीलाई बोनसको रुपमा नगद धन वा घुमफिरको अवसर प्रदान गर्छन् । तर चीनको एउटा चर्चित कम्पनीले आफ्ना कर्मचारीलाई निकै अनौठो प्रकारको बोनस प्रदान गरेर आश्चर्यमा पारिदिएको छ ।
चिनिया इन्टरनेट सेक्युरिटी र्फम क्यूहु ३६० ले आफ्ना कर्मचारीलाई बोनसको रुपमा दिएका सेवा सुविधाको विवरण हालै चुहिएको छ । लिक भएको उक्त गोप्य विवरणले ठूलै तहल्का मच्चाएको मिरर अनलाइनले उल्लेख गरेको छ ।

उक्त कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीलाई बोनस वा पुरस्कारका रुपमा पोर्नस्टार सँग एक रात बिताउने मौका प्रदान गर्दै आएको खुलासा भएको छ ।
पोर्नस्टारसँग एक रातभर रतिक्रिडा गरेर बिताउन चाहने कर्मचारीहरुले कम्पनीमा आफ्नो उत्कृष्टता सावित गर्नुपर्नेछ । कम्पनीले यस्तो रोचक बोनसका अतिरिक्त कर्मचारीहरुलाई बोनसका रुपमा महंगा गाडि वा इण्डोनेसियाको बाली सम्मको भ्रमणको प्याकेज समेत प्रदान गर्ने गरेको रहेछ । यस्तो बोनस वाषिर्क रुपमा चिनिया नयाँ वर्षको उपलक्ष्यमा प्रदान गरिँदै आएको छ ।

उक्त कम्पनीले बोनसका रुपमा आफ्ना कर्मचारीलाई रात बिताउन पठाउने पोर्नस्टारको नाम जुलिया हो । २७ वर्षकी सुपरस्टार जुलियासँग रात बिताउने बोनस कर्मचारीलाई प्रदान गर्दै आएको विषयमा युहु कम्पनी तथा जुलिया स्वयंले समेत अहिलेसम्म मुख खोलेका छैनन् ।
आउँदो फेब्रुअरी १९ मा पर्ने चिनिया नयाँ वर्षमा यो पटक को पुरुष कर्मचारीले जुलियासँग रात बिताउन पाउने हुन् त्यो भने घोषणा हुन बाँकी नै छ ।

0 comments:

Post a Comment