Monday, February 9, 2015

विवाहित महिलासँग रोमान्स गराउने वेश्यालयको भण्डाफोर

एजेन्सी । अर्काकी श्रीमतीसँग रोमान्स गर्न चाहनेहरुका लागि खोलिएको एक वेश्यालयको भण्डाफोर भएपछि हलचल मच्चिएको छ ।सो वेश्यालयमा विवाहित महिलाहरुले नै आफ्नो श्रीमानलाई विभिन्न बहानामा छलेर परपुरुषको ओछयान तताउने गरेका थिए । घटना रुसको हो ।


प्रहरीका अनुसार यसरी वेश्यावृत्तिमा लाग्ने अधिकांश महिलाका पतिलाई यसबारे थाहा छैन । उनीहरुले एक घण्टाको २३ हजारसम्म असुल्ने गरेको डेली मेलले जनाएको छ । यहाँकाम गर्ने अधिकांशलाई महिलाहरुले नै एकै चोटी धेरै पैसा कमाउने लोभमा फसाएका थिए । साथीहरुको एक्कासी बदलिएको जीवनशैली र तडकभडकबाट लोभिएर महिलाहरु वेश्यालयसम्म पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।


यस वेश्यालयको रेट अन्यको तुलनामा ६ गुना बढी रहेको प्रहरीले जनाएको छ । वेश्यालकी मालिकनी ‘मम्मा’ (अरुले बोलाउने गरेको नाम) फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । ७ कोठाको ङ्खल्याट भाडामा लिएर चलाइएको यस वेश्यालयमा काम गर्न चाहनेहरुका लागि वैवाहिक प्रमाणपत्रसमेत माग्ने गरिएको थियो । विवाहको प्रमाणपत्र देखाएपछिमात्रै उनीहरुलाई वेश्यावृत्तिमा लगाउने गरिएको थियो ।

0 comments:

Post a Comment