Thursday, February 12, 2015

ल हेर्नुस् ! कामुक ओंठ यस्ता हुन्छन्

ज्योतिष शास्त्र अनुसार मानिसको ब्यक्तित्व उनीहरुको ओंठ हेरेर थाहा पाउन सकिन्छ । मुस्कान सबैभन्दा राम्रो अभिवादन हो तर यो मुस्कानको समयमा ओंठको अध्यन गर्न सकियो भने उनीहरुको स्वभाव समेत थाहा पाउन सकिने ज्योतिष शास्त्रीहरुको भनाइ छ ।आउनुस् जानौं कस्तो ओंठ हुने ब्यक्तिको स्वभाव कस्तो हुन्छ भनेर ।


मोटा ओंठः
जुन् ब्यक्तिको ओंठ अत्याधिक मोटा हुन्छन् त्यस्ता ब्यक्ति क्रोधी स्वभावका हुन्छन् । यस्ता ब्यक्तिलाई साना साना कुरामा पनि रिस उठ्छ र उनीहरुको रिसले कुनै कुनै समयमा तै समस्या नै खडा गरिदिन्छ । यस्ता ब्यक्ति भावनाप्रदान र जिद्धी हुन्छन् ।
रसिक ओंठः
रातो रंगका चिल्ला र कलात्मक ओंठ हुने ब्यक्ति देख्दा सुन्दर त हुन्छन् नै कला प्रिय र मृदुल स्वभावका हुन्छन् । यस्ता ब्यक्तिले घर समाजमा मान सम्मान पाउँछन् र जीवनमा उपलब्धी पनि हासिल गर्छन् ।
गुलाबी ओंठः
गुलावी रंगका ओंठ हुने ब्यक्ति ब्यवहारमा कुशल उदार र बुद्धिमान हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो क्षमताको बलमा सबैलाई मोहित तुल्याउँछन् । यिनीहरुका मित्र पनि धेरै हुन्छन् ।उठेका ओंठः
कतिपय ब्यक्तिका ओंठ अलि उठेका हुन्छन् । यसरी ओंठ उठेका ब्यक्तिहरु डरपोक हुन्छन् । यिनीहरुलाई कठिन परिस्थिती सम्हाल्न निक्कै कठिन हुन्छ ।
तलपट्टी धसिएका ओंठः
कतिपयका ओंठ तलपट्टी धसिएका हुन्छन् । यसरी तल पट्टी फर्केका ओंठ हुनेहरुको स्वभाव रहस्यमयी हुन्छ । यनीहरुको मनमा के चलिरहेको हुन्छ बुझ्न सँधै कठिन हुन्छ । यिनीहरु निक्कै राम्रा योजनाकार हुन्छन् र योजना भने कसैलाई पनि भन्दैनन् ।
ठूला ओंठः
ठूला ओंठ हुने ब्यक्ति शौखिन हुन्छन् । उनीहरुलाई विभिन्न प्रकारका खाना खाने शोख हुन्छ । छिट्टै रिसाउने यस्ता ब्यक्ति छिट्टै सामान्य अवस्थामा पनि आइहाल्छन् ।
संकुचित ओंठः
कतिपय ब्यक्तिको ओंठ निक्को पातला हुन्छन् । पातला र रंगविहिन ओंठ हुनेहरु अलि बढी आडम्बरी स्वभावका हुन्छन् । यद्यपी उनीहरु अन्य ब्यक्तिमा आफ्नो प्रभाव कायम राख्न नि सफल हुन्छन् ।
ओंठमा कोठीः

कतिपयको ओंठमा कोठी हुन्छ । यस्ता ब्यक्ति कामुक स्वभावका हुन्छन् र उनीहरुको मनमा हरदम कामुक विचार चलिरहेका हुन्छन् । उनीहरुमा विपरित लिङ्गीलाई प्रभावित गर्ने क्षमता पनि प्रवल हुन्छ ।ओंठको तल्लोभागमा कोठी हुनेहरुले कठिन परीश्रम गर्छन् किन भने यिनीहरुलाई सहजै आम्दानी हुन सक्दैन ।

0 comments:

Post a Comment