Saturday, September 20, 2014

श्रीमानले ६ महिनाकी गर्भवतिमाथि आगजनी

४ असोज, नेपालगञ्ज । बाँकेको लक्ष्मणपुरमा ६ महिनाकी गर्भवती महिलालाई आगो लगाइएको छ ।
भारत रुपैडिया केवलपुर, सांकेतनगरमा सैजदा बेगम कबडियालाई बिहान ९० प्रतिशत शरीर जलेको अवस्थामा शनिबार विहान भेरी अञ्चल अस्पतालमा ल्याइएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।


अस्पताल भर्ना गर्दा बांँके नेपालगन्ज-१२ भनी पीडित महिलाको ठेगाना लेखाइएको छ । तर, प्रहरीले भारतको रुपैडियामा उनीमाथि आगजनी भएको र उपचारका लागि नेपालगञ्ज ल्याइएको हुन सक्ने आशंका गरेको छ ।
उनको माइती नेपालमा रहेको बुझिएको छ । कबडियाले भने घटनाबारे केही बताउन चाहेकी छैन ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सैजदाका श्रीमान साबिर राय कबडियालाई नियन्त्रणमा लिएको छ । गलत ठेगाना र आफन्तहरुको पहिचान नदिएकाले घटना रहस्यमय रहेको बांँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर कोइरालाले बताए ।

0 comments:

Post a Comment