Wednesday, September 24, 2014

एक महिलाले कार्यक्रममै फक इट’ भन्दै जागिरबाट राजिनामा दिएको घोषणा

आफुले कुनै जागिरबाट राजिनामा दिएको कुरा सार्वजनिक गर्नुको सबैभन्दा उच्चतम तह के होला ? एक जना टेलिभिजन पत्रकारले आफुले चलाइरहेको लाइभ टेलिभिजन कार्यक्रमबाटै टिभीको जागिर छाडेको घोषणा गरेकी छिन् ।

सायद यो अहिलेसम्मकै पत्रकारको सबैभन्दा सार्वजनिक राजिनामा प्रकरण हुनसक्छ ।
अमेरिकाको अलास्कास्थित केटीभीए टेलिभिजनमा कार्यरत चार्लो गि्रनले टेलिभिजनको लाइभ कार्यक्रममै राजिनामाको घोषणा मात्र गरिनन् अश्लील समेत बोलिन् । उनले भनिन्, ‘फक इट, मैले छाडेँ ।

आइतबारको रात्रीकालीन १० बजेको समाचारमा उनले अलास्का गाँजा क्लबका बारेमा रिपोर्ट प्रस्तुत गरिन् । उक्त रिपोर्टको अन्त्यमा उनले आफु पनि उक्त क्लबको एक मालिक रहेको खुलासा गरिन् । र, अन्त्यमा उनले अलास्कामा गाँजालाई वैधता दिनका लागि आफुले आफ्नो समय समर्पित गर्ने भन्दै टेलिभिजनको जागिर छाडेको घोषणा गरिन् । त्यो भन्दै उनी टेलिभिजनको सेटबाट बाहिरिइन् ।

उनले त्यस्तो हर्कत गरेपछि समाचारमा रहेकी अर्की प्रस्तोतालाई धर्मसंकट पर्यो । उनले तत्कालै दर्शकसँग माफी मागिन् । उनी निकै अकमकाइन् पनि ।
केटिभीएले आफ्नो कर्मचारीको यस्तो हर्कतप्रति  माफी मागेको छ । उसले ती कर्मचारीलाई जागिरबाट निकालेको समेत घोषणा गरेको छ ।

टेलिभिजन कार्यक्रममै अश्लील बोलेर जागिर छाडेपछि गि्रनले आफ्नो सोसल साइटको पेजमार्फत गाँजालाई वैधता दिने अभियानको घोषणा गरेकी छिन् ।  

0 comments:

Post a Comment