Wednesday, September 17, 2014

कहाँ–कहाँ छन् चाडपर्व लक्षित सुपथ मूल्य पसल ?

काठमाडौं, आश्विन १ । सरकारले चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । साल्ट्र टेड्रिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दूग्ध विकास संस्थानले सञ्चालनमा ल्याएका एकीकृत सुपथ मूल्य पसलको बुधबार वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले उद्घाटन गरे ।

सरकारले काठमाडौं उपत्यकामा ७ र उपत्यका बाहिर ६३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जनाइएको छ । उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, सतुंगल, कोटेश्वर, जावलाखेल र सूर्यविनायकमा सुपथ पसल सञ्चालनमा ल्याइएको छ ।

मन्त्री थापाले अन्य स्थानमा पनि सुपथ मूल्यका पसल सञ्चालन गर्न आवश्यक रहेको बताए ।
सर्वसाधारणले भने सरकारले सञ्चालनमा ल्याएका यस्ता पसलमा खाँसै सहुलियत नरहेको गुनासो गरेका छन् । यी पसलबाट सरकारले घ्यूमा प्रतिकिलोग्राम १० रुपैयाँ, नूनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, चामलमा १५ देखि
२० रुपैयाँ, तेलमा लिटरमा १८ देखि १९ रुपैयाँ सम्म छुट दिएको जनाइएको छ ।

सरकारले यसवर्ष अघिल्ला वर्षका तुलनामा यस्ता पसललाई संख्यात्मक विस्तार गर्न भने सकेन । देखावटीका लागि नभइ सर्वसाधारणलाई सहुलियत दिने उद्देश्य नै भए यस्ता पसल थप विस्तार गरिनुपर्ने उनीहरुको भनाइ छ । 

0 comments:

Post a Comment