Saturday, September 27, 2014

मोदीलाई अमेरिकी अदालतको वारेन्ट, अदालत नपुगे धेरै क्षति हुनसक्ने चेतावनी !

काठमाडौं । अमेरिकाको न्युयोर्कको एक संघीय अदालतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको छ ।

मोदीमाथि त्यो अदालतमा गुजरात दंगा २००२ को विषयलाई लिएर मुद्दा परेको थियो । सन् २००२ मा गुजरातमा भएको दंगामा एक हजारभन्दा धेरै मुसलमान मारिएका थिए ।
त्यो समय मोदी गुजरातको मूख्यमन्त्री थिए । दंगा उक्साएको भन्दै दंगामा मारिएका मानिसका दुई आफन्तले मोदीविरुद्ध उक्त अदातलमा मुद्दा दायर गरेका थिए । त्यसमा अमेरिकन सेन्टर फर जस्टिस (एजीसी) ले पनि सहमति जनाएको थियो ।

एजिसीले मोदी अमेरिकामा हुँदा उक्त अदालत नपुगे धेरै क्षति हुनसक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मोदी शुक्रबार पुगेका छन् ।
अमेरिका स्थित बिबिसीका संवाददाता ब्रजेश उपाध्यायका अनुसार एजिसी खासै ठुलो संस्था नभएकाले अदालतको यो वारेन्टले मोदीको भ्रमणलाई खासै फरक पार्नेछैन

0 comments:

Post a Comment