Tuesday, September 16, 2014

आइएस विद्रोहीहरुविरुद्ध लड्न अमेरिकालाई ४० देशको समर्थन छ’

काठमाडौं, भाद्र ३० । फ्रान्सको राजधानी पेरिसमा इस्लामिक स्टेट (आइएस)का लडाकुहरुलाई पराजित गर्न सकिन्छ भन्नेबारे पश्चिमा मुलुकका विदेशमन्त्रीहरु महत्वपूर्ण बैठकमा जुटेका छन्  ।

सम्मेलन सुरु गर्दैै फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओल्यान्डले आइएसको चुनौती विश्वव्यापी रहेको र यसको जवाफ त्यसैगरी दिनुपर्ने बताए ।

आइएसविरुद्धको कारबाहीका लागि १० अरब मुलुकसहित करिब ४० मुलुकले गठबन्धन निर्माणमा सहमति जनाएका छन् ।

यता, फ्रान्सले इराकमा आइएसको गतिविधि निगरानी राख्न जासुसी उडान सुरु गरेको जनाएको छ ।

यस्तै, अमेरिकी विदेशमन्त्री जोन केरीले आइएस विद्रोहीहरुविरुद्ध लड्न अमेरिकालाई समर्थन रहेको भन्दै विभिन्न मुलुकले जमिनबाटै कारबाही थाल्न पनि सुझाएको बताएका छन् ।

आइएसको चुनौती एक्लै कसैले पार गर्न नसक्ने पनि केरीको भनाइ छ । अमेरिका तत्काल सेना पठाएर स्थल आक्रमण गर्ने पक्षमा नरहेको उनले प्रष्ट गरे ।

सम्मेलनमा नबोलाइएकोमा असन्तुष्ट देखिएको इरानले भने पेरिस बैठक देखावटीमा मात्र भएको प्रतिक्रिया दिएको छ ।

यता, संयुक्त राष्ट्रसंघले भने यसवर्षको सुरुआतबाट अहिलेसम्ममा बीस लाख इराकी जनता विस्थापित भएको जनाएको छ ।

0 comments:

Post a Comment