Thursday, September 18, 2014

नायिकालाई केटा चाहियो

काठमाडौ, आश्विन १ - करिअरमा हिट र फ्लप दुवैको अनुभव संगालिसकेकी बलिउडकी सुन्दर नायिका सोनाम कपुर यतिबेला आफ्नो सिंगल स्टाटसलाई जोडतोडले प्रचारबाजी गरिरहेकी छन् ।

उमेरले २९ टेकिसकेकोले पनि उनको प्रयास जायज हुन सक्छ । 'साँवरिया' मार्फत् बलिउड डेब्यु गरेकी अभिनेता अनिल पुत्री सोनाम यतिबेला मिस्टर राइटको खोजीमा छन् । यो कुरा अरू कसैले भनेको नभई स्वयं नायिकाले नै खुलस्त गरेकी हुन् ।

म सिंगल छु र यस्तो मान्छेको खोजी गरिरहेकी छु जसले मलाई कहिल्यै नछोडोस्,' सोनाम कुराकानीमा बढी नै पारिवारिक हुँदै भनिन्, 'मलाई मेरा सारा कथाहरू आफ्ना बच्चाहरूसँग साट्न चाहन्छु ।' त्यसो त सोनामले आफू फिल्म प्रोड्युसर हुन पनि चाहेको बताइन् ।

उनकी बहिनी रिया भने निर्माता बनिसकेकाले पनि दिदीको चाहना नौलो होइन । सोनामले आफ्ना मनका इच्छाहरू भारतीय टेलिभिजन जी क्याफेका लागि बताएकी हुन् । पछिल्लो फिल्म 'बेबकुफियाँ' मा देखिएकी सोनामका यतिबेला 'खुबसुरत', 'डोल्लीकी डोली' र 'प्रेम रतन धन पाओ' रिलिजको लाइनमा छन् ।


0 comments:

Post a Comment