Friday, September 19, 2014

ज्याकलिन अब नयाँ चलचित्र ‘रोय’मा देखिदैछिन् ।

के ज्याकलिन फर्नान्डेज बलिउडकी नयाँ रानी हुन् त, संचारमाध्यममा यस्ता बहस सुरु भएका छन् । चलचित्र ‘किक’ले बक्स अफिसमा २ सय करोड माथिको व्यापार गरेपछि ज्याकलिनको चर्चा एकाएक उचाइमा पुगेको हो ।

ज्याकलिन अब नयाँ चलचित्र ‘रोय’मा अर्जुन कपुर र रणवीर कपुरसँग देखिदैछिन् । ज्याकलिनको एकपछि अर्को सफलताले बलिउडमा उनलाई नयाँ रानीको रुपमा हेर्न थालिएको छ । श्रीलंकाबाट आएकी यी सुन्दरीले चलचित्र ‘किक’मा समावेश ‘झुम्मे की राता हे’ बोलको गीतमा आफ्नो सेक्सी अवतार देखाइन् ।

ज्याकलिनले बलिउडमा यसअघि ‘मर्डर २’, ‘हाउसफूल’, ‘हाउसफूल २’, ‘रेश २’ जस्ता सिनेमामा काम गरिसकेकी छिन् ।

बलिउडका चर्चित नायक सलमान खानसँग काम गरेपछि उनको उचाई चुलिएको हो । उनी बलिउडका चर्चित ब्यानरमा काम गर्ने कम नायिकामध्ये एकमा पर्छिन् । ज्याकलिनलाई बलिडमा रानीको रुपमा हेरिनुको एउटा कारणको उनको पहिरन स्टाइल पनि हो । फेशनवल पहिरन गर्न रुचाउँने यी सुन्दरी आकर्षक छिन् ।

0 comments:

Post a Comment