|
बुंकोट (गोरखा), आश्विन १२ - उपचार नपाउँदा यहाँकी एक युवती लामो समयदेखि घरको कोठामै थुनिएर बस्न बाध्य छिन्। अभिभावकले आर्थिक अभावमा उपचार गराउन नसक्दा सुसारे गाउँकी २४ वर्षीया अम्बिका थापामगरलाई दुई वर्षदेखि थुनेर राखिएको छ।
उनी दिसा/पिसाबसमेत कोठाभित्रै गर्छिन्। शरीरमा कपडा छैन, परिवारजनले झ्यालबाट खानेकुरा दिन्छन्। गुन्द्री ओढेर खाली भुईंमा सुत्छिन्। बाबु दिलबहादुरका अनुसार १२ कक्षामा पढ्दै गरेकी अम्बिकाले ०६५ सालदेखि असामान्य व्यवहार देखाउन थालिन्। 'घरी हाँस्ने, उतिबेलै रुने गर्थिन्, पछि त घरै छाडेर हिंड्न थालिन्,' उनले भने, 'मानसिक समस्याले यस्तो भएको रहेछ। पैसा नभएकाले उपचार गर्न सकिनँ। थुनेर राख्नुको विकल्प भएन।'
हुर्के-बढेकी छोरीको अवस्थाले दिलबहादुरलाई ठूलो चोट परेको छ। बेला-बेलामा उनी पनि भक्कानिन्छन्। पत्नीको निधनपछि छोरीको हेरविचार गर्ने कोही नभएको उनले बताए। 'एक्लैले घरधन्दा धान्नु कि उपचार गर्न कुद्नु? साथमा पैसा पनि छैन,' उनले भने। ८१ वर्षका बाबुको पालनपोषण गर्नु र अन्य दुई छोरीलाई उच्चशिक्षा पढाउनुपर्ने जिम्मेवारी पनि उनको काँधमा छ।
सम्पत्तिजति पत्नीको उपचारमा सकिएकाले छोरीलाई अस्पताल पुर्याउन नसकेको उनले बताए। खेती/किसानी उनको मुख्य पेसा हो। क्याम्पसमा सँगै पढ्ने केटोसँग विवाह गर्ने छोरीको प्रस्ताव नमान्दा अम्बिकामा परिवर्तन आएको उनले बताए। 'हामीले डिग्री पढेको र जागिरे केटा देखायौं,' उनले भने, 'केटाहरू माग्न आउन थालेपछि उनमा परिवर्तन आउन थालेको हो।'
दिलबहादुरका पाँचमध्ये दुई छोरीको विवाह भइसकेको छ। अन्य दुई क्याम्पस पढ्दै छन्। अम्बिका माइली हुन्। 'कोठाको ढोका खोलिदियो भने आफ्नै लहडमा नांगै निस्केर हिंड्छिन्,' उनले भने, 'श्रीमतीको उपचार गर्दाकै ऋणले डामाडोल छ।' अम्बिकाको उपचारमा ६/७ महिनासम्म दैनिक एक हजार खर्च लाग्ने चिकित्सकले बताएका छन्। उनी त्यत्रो रकम जुटाउन सक्ने अवस्थामा छैनन्। यसअघि नै खेतबारी बेचिसकेका छन्। 'म बाँच्दासम्म कोठामा थुनेर भए पनि पाल्छु,' दिलबहादुरले आँसु थाम्दै भने, 'म मरेपछि यसलाई कसले हेर्ला।'
अम्बिकाले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी हुन्। उपचार गर्न दिलबहादुरले जिल्ला प्रशासनदेखि संघसंस्थाका ढोका पनि चहारिसकेका छन्। 'धेरै ठाउँ डुलिसके, उपाय लागेन,' उनले भने।
काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ सरोज ओझाले सबै प्रकारका मानसिक रोगको उपचार सम्भव हुने बताए। पूर्ण निको नभए पनि कम गर्न सकिने बताउँदै उनले रोगीलाई आफन्तको हेरचाह र चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने बताए।

0 comments:
Post a Comment