Tuesday, September 16, 2014

अमेरिकाले आइएसविरुद्ध इराकमा पहिलो हवाई आक्रमण

काठमाडौं, भाद्र ३१ । अमेरिकाले इराकमा चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)विरुद्ध पुनः हवाई आक्रमण गरेको छ । इराकको माउन्ट सिञ्जार र राजधानी बग्दादको दक्षिण पश्चिममा गरिएको आक्रमणबाट इराकमा तैनाथ सेनालाई सहयोग पुग्ने अमेरिकी विश्वास छ ।

गत साता मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएसविरुद्ध आक्रमणको योजना सार्वजनिक गरेका थिए । ओबामाको उक्त योजनापछि अमेरिकाको आइएसविरुद्ध यो पहिलो आक्रमण हो ।

अमेरिकी राष्ट्रपति ओबामाले आइएसविरुद्धको अभियानमा अमेरिका सक्रिय रहेको भन्दै आइएसको प्रभाव निमिट्यान्न पारिछाड्ने वाचा गरेका छन् ।

इराक र सिरियामा सक्रिय आइएसविरुद्ध अभियानअन्तर्गत ३० ओटा अरब मुलुकले पनि साथ दिने प्रतिबद्धता जनाएपछि अमेरिका उत्साहित भएको छ ।

आइएसले केही दिनअघि बेलायती नागरिकको हत्या गरेको थियो भने त्यसअघि दुई अमेरिकी पत्रकारको शीर छेदन गरेको थियो । 

0 comments:

Post a Comment